बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

रोकियो रजनीकान्तको ‘अन्नथे’ सुटिङ

बिहीबार, ०९ पुस २०७७, २० : ३०
बिहीबार, ०९ पुस २०७७

मुम्बई । सुपरस्टार रजनीकान्तको फिल्म ‘अन्नथे’को सुटिङ रोकिएको छ । फिल्म युनिका ८ सदस्यमा कोरोना पोजेटिभ भेटिएपछि फिल्मको सुटिङ रोकिएको हो । फिल्मको सुटिङ हैदराबादमा चलिरहेको थियो । सुटिङका लागि रजनीकान्त गत सातामात्र सेन्नईबाट हैदरबाद पुगेका थिए ।

फिल्मको शुटिङ २९ डिसेम्बरसम्म पुरा गर्नुपर्ने थियो । कोरोनाका कारण सुटिङ रोकिएपछि निर्धारित समयमा फिल्म पुरा नहुने भएको छ । फिल्मका ८ सदस्यको कोरोना रिपोट पोजेटिभ आएपनि अभिनेता रजनीकान्तको भने रिपोटभ नेगेटिभ आएको छ ।
फिल्म ‘अन्नथे’मा रजनीकान्तको अलवा प्रकाशराज, ज्याकी श्राफको समेत मुख्य भुमिका रहनेछ । फिल्म नयाँ बर्ष २०२१मा रिलिज हुँनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप