बेलायतका हस्पिटलमा संक्रमण यताकै बढी चाप
लन्डन । बेलायतका हस्पिटलमा संक्रमितको संख्या संक्रमण सुरु भएयाताकै सबै भन्दा उच्च पुगेको छ । गत अप्रिलमा कोरोना संक्रमण पिकमा पुगेको बेला हस्पिटल भर्ना भएका संक्रमितको संख्या १८ हजार ९२१ पुगेको थियो । बिहीबार साँझसम्ममा बेलायतका हस्पिटलमा भर्ना हुनेको संख्या २१ हजार २८६ पुगेको नेशनल हेल्थ सर्भिस (एन एच एस) ले जनाएको छ ।
पछिल्लो २४ घन्टामा मात्र दुई हजार १४३ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएका छन् । पछिल्लो समय एकै दिनमा हस्पिटल भर्ना हुनेको संख्या यो नै सबैभन्दा बढी हो । हाल एक हजार पाँच सयभन्दा बढी कोरोना संक्रमितको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ ।
पछिल्लो २४ घन्टामा बेलायतमा ३९ हजार ३६ जना नयां संक्रमित थपिएको ‘डिपार्टमेन्ट एण्ड हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । यो संख्या गत अप्रिल पछिकै सबैभन्दा उच्च हो । बेलायतमा आकुल संक्रमितको संख्या २१ लाख ८८ हजार ५८७ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा थप ५७४ कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछिकै सबैभन्दा बढी ७४४ कोरोना संक्रमितको मृत्यु भएको थियो । यससंगै बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६९ हजार ६२५ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण