फिल्म ‘सत्यमेव जयते २’ सुटिङमा जोन घाइते
शुक्रबार, १० पुस २०७७, १४ : ०७
मुम्बई । अभिनेता जोन अब्राहम घाइते भएका छन् । फिल्म ‘सत्यमेव जयते २’ सुटिङको क्रममा उनी घाइते भएका हुन् । बिहीवार वाराणसीको गंगा किनारको पञ्चकोट घाटस्थित एक भवनमा फिल्मको एक्सन दृश्य सुटिङका क्रममा उनी घाइते भएका हुन् ।
एक्सन दृश्य छायाँकनको क्रममा पन्च मार्दै गर्दा हात भवनको गाहेमा लागेर उनी घाइते भएका हुन् । घाइते भएपनि जोन अस्पताल पुगेका थिए । अस्पतालमा उनको हातको तरुन्तै एक्स रे गरिएको थियो । एक्सरे रिजोट भने नर्मल आएको थियो ।
फिल्म ‘सत्यमेव जयते २’ २०२१ मा रिलिज हुने फिल्म हो । यो २०१८ मा आएको जोनकै फिल्म ‘सत्यमवे जयते’को सिक्वेल हो । यस फिल्मको अलवा जोन ‘पठान’मा समेत देखिनेछन् । ‘पठान’ मा शाहरुख खान, गौतम रोडे, दीपिका पादुकोण र शाजी चौधरीको समेत मुख्य भुमिका रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण