आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७० हजार नाघ्यो

शनिबार, ११ पुस २०७७, ०६ : ११
शनिबार, ११ पुस २०७७

लन्डन । बेलायतमा कोरोना भाइरसको  संक्रमणबाट मृत्यु हुनेको संख्या शुक्रबार साँझसम्म ७० हजार नाघेको छ । 

क्रिसमसका दिन सार्वजनिक गरिएको तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा थप ५७० जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

यससँगै बेलायतमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ७० हजार १९५ पुगेको हो । 

मृतक संख्याको आधारमा बेलायत युरोपीयन मुलुकमा इटालीपछि दोस्रो स्थानमा पर्दछ । इटालीमा मृतकको संख्या  बेलायतको भन्दा लगभग एक हजारले बढी रहेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा बेलायतमा ३२ हजार ७२५ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । बेलायतमा संक्रमित हुनेको कुल संख्या २२ लाख २१ हजार ३१२ पुगेको छ । हाल बेलायतमा भाइरसले नयाँ रुप परिवर्तन गरेपछि संक्रमण दर तीव्र रुपमा बढ्दै गएको अधिकारीहरुले बताएका छन् ।

यसअघिको भाइरसको तुलनमा संक्रमण दर ७० प्रतिशत बढी रहेको बताइएको उक्त नयाँ संस्करणको भाइरस कत्तिको हानिकारक हुन्छ भन्ने बारेमा अझै अध्ययन भैरहेको र यो धेरै हानिकारक नरहेको वैज्ञानिकहरुले बताएका छन् । भियूआइ—२०२०१२—०१ नामको उक्त भाइरस यूकेको लन्डन र दक्षिण पूर्वी इंग्ल्याण्डमा बढी देखिएको छ । 

यो स्ट्रेनको संक्रमण तीव्र भएपनि यसले पहिलाको स्ट्रेन भएको व्यक्ति भन्दा बढी असर अर्थात धेरै हस्पिटलमा भर्ना हुनुपर्ने वा बढी मृत्युदर जस्तो केही देखिएको छैन् । हाल बजारमा आएको भ्याक्सिनले  यसलाई काम गर्छा कि गर्दैन भन्ने बारेमा अहिले आममानिसको चासो रहेको छ । 

भाइरसका कारण संक्रमणदर र मृत्युदरमा वृद्धि भएपछि लन्डन लगायतका विभिन्न भागहरुमा लकडाउन जस्तै समान किसिमको 'टीयर ४' नामक प्रतिबन्धको घोषणा गरिएको छ  । उक्त प्रतिबन्धका कारण यसपटक बेलायतबासीहरुले हर्षोल्लासकासाथ  क्रिसमस पर्व मनाउनबाट बन्चित भएका छन्  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप