सालकको खपटा र सुकुटीसहित ३ जना पक्राउ
आइतबार, १२ पुस २०७७, १८ : २४
काठमाडौं । दुर्लभ वन्यजन्तु सालकको अवैध तस्करीमा संलग्न ३ जनालाई नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले चितवनबाट पक्रेको छ । चितवन राष्ट्रिय निकुञ्जमा खटिएको सेना र बाँदरझुला बिओपीको सशस्त्रको टोलीले सालकको खपटा र सुकुटी सहित बन्यजन्तु तस्करीमा संलग्नहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चितवन माडी नगरपालिका–९ घर भएका केशरबहादुर तामाङ, शुक्र बहादुर तामाङ र पंचलाल प्रजा छन् । सुरक्षाकर्मीले उनीहरुको साथबाट ३ सय ७५ ग्राम सालकको खपटा र ३ सय ग्राम सुकुटी बरामद गरेका छन् ।
नेपाली सेनाले चितवन राष्ट्रिय निकुञ्जमा चोरी–शिकारी बिरुद्ध ‘अपरेशन महाहन्ट–७’ सञ्चालन गरिरहेको छ ।
पक्राउ गरिएका पञ्चलाल यसअघि चितुवा मारेको मुद्धामा फरार थिए । उनीहरुलाई चितवन राष्ट्रिय निकुञ्जमा बुझाइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण