क्यामरूनमा बस दुर्घटना, कम्तीमा ३७ यात्रुको मृत्यु
आइतबार, १२ पुस २०७७, २२ : ०४
एजेन्सी । क्यामरूनको मध्यक्षेत्रमा भएको एक सडक दुर्घटनामा कम्तीमा ३७ व्यक्तिको मृत्यु भएको प्रहरीले आइतबार पुष्टि गरेको छ । क्यामरूनको रेडियो सीआरटीभीले एनदिकिनिमेकीका प्रहरी आयुक्त मोन्टसुयोग मेम्पोउ पाउलिनलाई उद्धृत गरी प्रसारित समाचारमा भनिएको छ, “एक यात्रुबाहक बस ट्रकसँग ठोक्किँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ भने घटनामा अन्य १९ यात्रु गम्भीर घाइते भएका छन् ।
बस ट्रकसँग ठाक्किएपछि सडकबाट केही तल खोल्सामा खसेको र अधिकांश यात्रुको घटनास्थलमा नै मृत्यु भएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्डरसनले टेस्ट क्रिकेटबाट सन्यास लिने
-
सिटीलाई शीर्ष स्थानमा दुई अङ्कको अग्रता
-
इराकद्वारा सन् २०२५ सम्ममा राष्ट्रसङ्घीय मिसन छाड्न आह्वान
-
शान्ति, सुरक्षा कायम गर्न सबैको हातेमालो आवश्यक छ : प्रदेश प्रहरी प्रमुख खापुङ
-
दाङमा दुई महिलाको हत्या
-
एकोहोरो मिडिया ट्रायल गरेर रवि दोषी ठहर हुन्छन् ? : सूर्य थापा