क्यामरूनमा बस दुर्घटना, कम्तीमा ३७ यात्रुको मृत्यु
आइतबार, १२ पुस २०७७, २२ : ०४
एजेन्सी । क्यामरूनको मध्यक्षेत्रमा भएको एक सडक दुर्घटनामा कम्तीमा ३७ व्यक्तिको मृत्यु भएको प्रहरीले आइतबार पुष्टि गरेको छ । क्यामरूनको रेडियो सीआरटीभीले एनदिकिनिमेकीका प्रहरी आयुक्त मोन्टसुयोग मेम्पोउ पाउलिनलाई उद्धृत गरी प्रसारित समाचारमा भनिएको छ, “एक यात्रुबाहक बस ट्रकसँग ठोक्किँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ भने घटनामा अन्य १९ यात्रु गम्भीर घाइते भएका छन् ।
बस ट्रकसँग ठाक्किएपछि सडकबाट केही तल खोल्सामा खसेको र अधिकांश यात्रुको घटनास्थलमा नै मृत्यु भएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण