कोरोना खोप लगाउँदै रुसी राष्ट्रपति पुटिन
आइतबार, १२ पुस २०७७, २३ : ०२
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेका छन् । विश्वभर कोरोनाको परिवर्तिक रुपको आतंक मच्चिरहेका बेला रुसी राष्ट्रपति पुटिनले कोरोना खोप लगाउने घोषणा गरेका हुन् । यही समयमा युरोपका धेरै मुलुकहरुले खोप कार्यान्वयणको प्रक्रियालाई तिव्रता दिइरहेका छन् । युरोपियन युनियनमा आवद्ध मुलुकहरुले खोप लगाउन सुरु गरिसकेका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार रुसी राष्ट्रपति पुटिनले कोरोना विरुद्धको स्पुटनिक–५ खोप लगाउने भएका हुन् । यो खोप रुसमै निर्माण गरिएको हो । यो खोप रुसको राजधानी मस्कोबाट लगाउन सुरु गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनले गर्यो गाजामा ५ वटा एयरड्रप सहायता प्रदान
-
धनगढी उपमहानगरद्वारा २३ करोड राजस्व सङ्कलन
-
२ महिनादेखि विद्युत् उत्पादन बन्द, दैनिक ८ लाख घाटा
-
विदेशीहरूसँग भेट्दा कूटनीतिक आचारसंहिताको पालना गरौँ : मन्त्री श्रेष्ठ
-
हिरासत छल्नबाट रोक्न गृह मन्त्रालयको ३ बुँदे निर्देशन
-
सवारी ‘लाइसेन्स’ मा उठेका प्रश्नहरू समाधान गर्नुस् : प्रधानमन्त्री