झलनाथ भेट्न डल्लु पुग्यो चिनियाँ टोली
सोमबार, १३ पुस २०७७, १५ : ४३
काठमाडौं । नेकपा माधव–प्रचण्ड पक्षका बरिष्ठ नेता झलनाथ खनाल र चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय टोलीबीच भेटवार्ता भएको छ । नेता खनाललाई भेट्न चिनियाँ टोली सोमबार अपरान्ह खनाल निवास डल्लु पुगेको हो ।
यसअघि सोमबारै चिनियाँ टोलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई छुट्टाछुट्टै भेटेको थियो । प्रचण्डलाई खुमलटार र नेपाललाई बानेश्वरस्थित होटलमा भेटेको थियो ।
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली आइतबार नेपाल आएको हो । नेपाल आएकै दिन सो टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण