‘विनाशकाले विपरित बुद्धि’ को शैलीमा प्रतिनिधिसभा विघटन: खिमलाल देवकोटा
पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका नेता खिमलाल देवकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘विनाशकाले विपरित बुद्धि’को शैलीमा प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन् । पार्टीद्वारा घोषित देशव्यापी विरोध कार्यक्रम अन्तर्गत मंगलबार पोखरामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता देवकोटाले प्रतिनिधिसभा विघटन गर्नु संविधानको दृष्टिकोणले असंवैधानिक र राजनीतिक हिसाबले अराजनीतिक कदम रहेको बताए । उनले अगाडि भने, ‘नैतिक हिसाबले यो अनैतिक कदम हो र राष्ट्रका हिसाबले राष्ट्रघाती हो ।’
राजनीतिक अस्थिरता कारण नेपाल पछाडि रह्यो भन्ने कुरामा कुनै सत्यता नरहेको पनि उनले दावी गरे । उनले भने, ‘संविधानको बलात्कार भएको छ । चिरहरण गरिएको छ । प्रधानमन्त्रीले चाहनेबित्तिकै संसद विघटन हुँदैन । संसदले म आफै मर्छु भन्नुपर्छ ।’
पार्टीका अर्का नेता तथा प्रदेशसभा सदस्य राजकाजी गुरुङले केपी ओलीबाट जनताको विश्वासमाथि कुठाराघात भएको आरोप लगाए । उनले भने, ‘म निवेदन गर्छु पदसँग विचार नसाट्नुस् । हामीले कास्कीलाई लालकिल्ला बनायौं । यत्रो जित्दा कास्कीबाट एउटा मन्त्री छैनन् । तर हामीलाई गुनासो छैन । संसद र पार्टी कमिटीमा फेस गर्न नसक्नु बहुदलीय जनवाद माथि कुठाराघात हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
-
सीमा विवादमा राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
-
चलचित्र पत्रकार संघ नेपालद्वारा राष्ट्रिय फिचर लेखन प्रतियोगिता घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण