तीन महिनाभित्र संसद पुनःर्स्थापना गरेरै छाड्छौ: घनश्याम भूसाल
बुटवल । नेकपा प्रचण्ड माधव पक्षका नेता घनश्याम भुसालले तीन महिना भित्रमा संसद पुनःर्स्थापना गरेरै छाड्ने दाबी गरेका छन् । संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले आज बुटवलमा आयोजित प्रदर्शनपछिको कोणसभालाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
असवैधानिक कदम लामो समय नटिकेको प्रसंग स्मरण गर्दै पूर्वमन्त्री समेत रहेका भुसालले बढीमा तीन महिनाभित्र संसद पुनःर्स्थापना हुने दावी गरे । लोकतन्त्रको संरक्षक सर्वोच्च अदालत भएको भन्दै उनले सर्वोच्चले लोकतन्त्रमा विवेकपूर्ण निर्णय गर्ने विश्वास व्यत गरे । प्रधानमन्त्रीको कदमविरुद्ध आफुहरुको आन्दोलन कुनै पनि हातलमा नरोकिने बरु हेरक ठाउँमा बढ्दै जाने दाबी गरे । प्रधानमन्त्री ओलीले संसद विघटन गरेर ३ करोड नेपालीहरुको अधिकारलाई अपमान गरेको समेत बताए ।
नेपालमा कुनै पनि प्रतिगमन नटिकेको उल्लेख गर्दै उनले २०१७ सालमा राजाले गरेको प्रतिगमन ३० वर्ष पछि जनताले फिर्ता ल्याएको स्मरण गरे । त्यस्तै २०६१ सालमा राजा ज्ञानेन्दले चालेको प्रतिगमनलाई पनि नेपाली जनता सडक आएर तीन वर्षमै फिर्ता गरिदिएको उनल स्मरण गरे । अहिले प्रधानमन्त्री ओलीले गरेको संसद विघटन पनि तीन महिनाभित्र नेपाली जनताहरुले फिर्ता गरेरै छाड्ने दावी उनले गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण