चीनमा अत्यावश्यक बाहेकको यात्रा नगर्न आह्वान
एजेन्सी । चिनियाँ नागरिकलाई चाडपर्व मनाउन भन्दै अनावश्यक यात्रा नगर्न सरकारले आह्वान गरेको छ । चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले अत्यावश्यक यात्रा मात्रै गर्न सबैलाई आह्वान गरेको हो । नयाँ वर्ष लगायतका चाडवर्षको अवसरमा मानिसहरु धेरै आवत जावत गर्ने भएकाले यस पटक रमाइलोका लागि गरिने यात्रा नगर्न आह्वान गरिएको मन्त्रालयले जनाएको छ ।
कोरोनाभाइरसको महामारी फैलिइरहेका बेला यात्रा गर्दा महामारी थप फैलिन सक्ने भएकाले यात्रामा रोक लगाइएको उनीहरुको भनाइ छ । यात्रा गर्नु नै पर्ने भएमा उच्च सतर्कता अपनाउन र स्वास्थ्य मापदण्डहरुको पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।
माक्स लगाउने, सामाजिक दूरी कायम गर्ने, सेनिटाइजरको प्रयोग गर्ने वा साबुन पानीले हात धुने जस्ता सतर्कता अपनाउन जोड गरिएको छ । मन्त्रालयले पर्यटकहरुलाई पनि महामारीबाट बच्नका लागि उच्च सतर्कता अपनाउन आग्रह गरिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
-
लुम्बिनीमा पहिलो आवधिक योजनाको लक्ष्य प्राप्त भएन
-
यी चार प्रदेशमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना, तराईमा तातो हावा चल्ने
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
-
सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो