सीताको स्वास्थ्यलाभको कामना गर्दै ओलीले गरे प्रचण्डलाई फोन

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फोन गरेका छन् । उनले बुधबार साँझ प्रचण्डलाई फोन गर्दै उपचाररत प्रचण्डपत्नी सीताको स्वास्थ्यलाभको कामना गरेका हुन् । त्यस्तै अर्थमन्त्री समेत रहेका नेकपा ओली पक्षका महासचि विष्णु पौडेल र नेता सुवास नेम्वाङ बुधबार साँझ मेडिसिटी अस्पताल पुगेर सीताको स्वास्थ्य लाभको कामना गरेका छन् ।
‘दुवै नेता मेडिसिटी पुगेर स्वास्थ्यलाभको कामना गर्दै प्रधानमन्त्रीले पठाएको स्वास्थ्यलाभको कामना सुनाउनुभयो । प्रधानमन्त्री स्वयंले पनि प्रचण्डलाई फोन गरेर स्वास्थ्यलाभको कामना गर्नुभयो’, महासचिव पौडेलका स्वकीय सचिव यम पाण्डेले रातोपाटीलाई बताए ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव पक्ष) का अध्यक्ष समेत रहेका ‘प्रचण्ड’ की पत्नी सीता अस्वस्थ बनेपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको छ । सीता दाहाल केही वर्षदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । त्यसलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) भनिन्छ । यसअघि उनको अमेरिकास्थित जोन हप्किन्स अस्पतालमा समेत उपचार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहरी विकास मन्त्रालयमा मात्रै ३२ अर्ब जतिको चलखेल छ : वर्षमान पुन
-
कम्युनिष्ट समाजवादी पार्टी नेपाल गठन, संयोजकमा हरिकृष्ण गजुरेल
-
मोहन वैद्य एक सातादेखि अस्पतालमा
-
चेकिङको क्रममा महिलामाथि हातपात, दुई प्रहरीमाथि छानबिन सुरु
-
शिक्षा क्षेत्रमा मौलापुर नगरपालिका उत्कृष्ट घोषित
-
बागमती नदीमा बेलिब्रिज जडान कार्य अन्तिम चरणमा