शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

टर्कीमा पहिलो चरणको चिनियाँ खोप आयो

बुधबार, १५ पुस २०७७, २२ : २९
बुधबार, १५ पुस २०७७

एजेन्सी । पहिलो चरणको कोरोनाभाइरस विरुद्धको चिनियाँ खोप टर्कीमा बुधबार भित्रिएको छ ।  चीनमा विकास गरिएको सिनोभ्याक ३० लाख मात्रा टर्कीको राजधानी अङ्करामा ल्याइएको अधिकारीहरूले जानकारी दिएका छन् । 
आधारभूत प्रक्रिया पूरा गरेपछि सो खोप आम नागरिकलाई लगाइदिने सरकारको योजना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

टर्कीका स्वास्थ्य मन्त्री फर्हेटिन कोकाले सामाजिक सञ्जाल ट्वीटर मार्फत खोप स्वदेश भित्रिएको र चाँडै नै जनताले पाउने जानकारी दिएका छन् ।  ‘परीक्षण सम्पन्न हुनासाथ जतिसक्दो चाडो यो खोप आम नागरिकलाई प्रदान गर्ने सरकारको योजना छ, हामी त्यही अनुसारको तयारी गरिरहेका छौँ’ उनले लेखेका छन् ।

टर्कीमा मङ्गलबार मात्रै थप १५ हजार ८०५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको थियो भने अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या २१ लाख ७८ हजार ५८० पुगेको छ ।  कोरोनाका कारण टर्कीमा अहिलेसम्म २० हजार ३८८ जनाको मृत्यु भएको छ । तीमध्ये २५३ जनाको मङ्गलबार मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप