कोरोनाका कारण विकास निर्माणका काममा बाधा पुग्योः मन्त्री ढकाल
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले कोभिड–१९ बाट मानव जीवनको रक्षा गर्ने दायित्व निर्वाह गर्दा विकास निर्माण लगायतका कामहरु ओझेलमा परेको स्वीकार गरेका छन् । बिहीबार नेपाल पर्यटन बोर्डको २२ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन मन्त्री ढकालले कोभिडबाट मानव जीवन जोगाउन सरकारको ध्यान केन्द्रीत हुँदा विकास निर्माण, पर्यटन लगायतका क्षेत्रका कार्यक्रमहरु कार्यान्वन गर्न नसकिएको बताएका हुन् । कोभिडको कारण पर्यटन वर्ष २०२० स्थगित गर्नुपरेको र यसले पर्यटन क्षेत्रमा ठूलो क्षति निम्त्याएको पनि बताए ।
कोभिडका कारण ठप्प भएको पर्यटन क्षेत्रको विकासका लागि सरकारले गर्न सक्ने कामहरु गर्न मन्त्रालय प्रतिवद्ध रहेको पनि बताए । सरकारले पर्यटन जीवनलाई पनि माथि उकास्न आगामी दिनमा गर्न सक्ने कार्यहरुलाई प्राथमिकता दिएर कार्यान्वयनमा लैजाने पनि मन्त्री ढकालले बताए ।
पछिल्लो समय बेलायतबाट फैलिएको कोरोना संक्रमणको नयाँ स्वरुपका कारण केही देशबाट हुने अन्तर्राष्ट्रिय उडान बन्द गरिएको समेत पर्यटन मन्त्री ढकालले बताए । मानिसको जीवन बचाउने कुरा नै पहिलो प्राथमिकता भएकाले सरकारले त्यसैअनुरुप काम गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण