चर्चामा लक्ष्मी र चक्रको ‘भन् साली तेरी दिदी कहाँ छ’
बिहीबार, १६ पुस २०७७, १४ : १७
काठमाडौं । ‘भन् साली तेरी दिदी कहाँ छ’ यो गीत यतिबेला टिकटकमा भाइरल भएको छ । गायक चक्र बम र गायिका लक्ष्मी आचार्यको स्वर रहेको यो गीत टिकटकमा मात्र होइन युट्युवमा समेत श्रोता दर्शकले रुचाएका छन् । सुदूर पश्चिमको शैलीमा तयार भएको गीतमा दिदीको बिषयमा साली भेनाको सम्वाद समेटिएको छ । चक्र बमकै शब्द रहेको गीतमा देउडा समेत फ्युजन गरिएको छ ।
समाचार तयार गर्दासम्म गीतले करिव साढे चार लाख दर्शक पाएको छ । गीतलाई ३० हजारले लाइक दिएका छन् भने एक हजारले डिसलाइक दिएका छन् । नरेन्द्रराज रेग्मीको संगीत रहेको गीतको भिडियो स्टेज फमेन्सको शैलीमा तयार पारिएको छ । भिडियोमा बाध्यबाधक टोलीसहित गायक गायिका नै प्रस्तुत भएका छन् । ‘गीतको शैली श्रोता दर्शकका लागि नौलो भएर होला सबैले रुचाएका छन्’ गायिका लक्ष्मीले भनिन्–‘प्रतिक्रिया पनि सकारात्मक नै आएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चियामा भारतको नीतिगत अवरोध, सिजनको मुखमै उद्योगमा ताला
-
प्रधानमन्त्री बालेन भन्दा एक कदम अगाडि मन्त्री स्वर्णिम र सुनिल !
-
राष्ट्रिय सभाका ६ सदस्यले गरेनन् कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक
-
रविलाई कानुनी राहत : अदालतले दियाे सङ्गठित अपराध सम्बन्धी मुद्दा फिर्ताकाे अनुमति
-
पूर्वगृहमन्त्री धर्मबहादुर थापाको अन्येष्टि
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण