सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

परराष्ट्रमन्त्री खनाल र सीपीसीका अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउबिच भेटवार्ता

सोमबार, ०१ असार २०८३, २० : ३८
सोमबार, ०१ असार २०८३

काठमाडौँ । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले सोमबार बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउ हाईसिङसँग भेटवार्ता गरेका छन् ।

भेटका क्रममा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, आपसी हितका विषय तथा दुई देशबिचको सहकार्यलाई थप विस्तार गर्ने सम्भावना बारे छलफल भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। 

मन्त्री खनाल र लिउ बिच नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा विचार आदानप्रदान भएको थियो।

परराष्ट्रमन्त्री खनालको लागि चिनियाँ विदेशमन्त्री वाङ यीले  बेइजिङमा रात्रिभोजको आयोजना गरेको छ। त्यसमा मन्त्री यीसँगको भेटघाटमा दुई देश बिचको कूटनीतिक, आर्थिक तथा विकास सहकार्यका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

परराष्ट्रमन्त्री खनालको चीन भ्रमणलाई नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने तथा द्विपक्षीय सहयोगलाई थप मजबुत बनाउने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप