रविलाई कानुनी राहत : अदालतले दियाे सङ्गठित अपराध सम्बन्धी मुद्दा फिर्ताकाे अनुमति
सारांश
- रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्धको सङ्गठित अपराध सम्बन्धी कसुर फिर्ता लिन अनुमति दिएको छ ।
- न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम सङ्गठित अपराधको अभियोग हटाउन आदेश दिएको हो ।
- मुद्दा संशोधन भएसँगै अब सहकारी ठगीको मुद्दामा मिलापत्र गर्ने बाटो खुलेको छ ।
काठमाडौँ । रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेविरूद्धको सङ्गठित अपराध सम्बन्धी कसुर फिर्ता लिन अनुमति दिएको छ ।
रुपन्देही जिल्ला अदालतका न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले सोमबार लामिछानेको माग अनुसार सङ्गठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएका हुन् ।
अधिकारीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम लामिछानेसहितका प्रतिवादीहरूमाथि लगाइएको सङ्गठित अपराधको अभियोग हटाउन आदेश दिएको हो । मुद्दा संशोधन भएसँगै अब सहकारी ठगीको मुद्दामा मिलापत्र गर्ने बाटो खुलेको छ ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिनामा लामिछानेसहित जिबी राई र छविलाल जोशीसहित विरुद्ध सङ्गठित अपराधमा अभियोगपत्र दायर भएको थियो ।
यसअघि कास्की र पर्सा जिल्ला अदालतले लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता गर्न अनुमति दिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्स्पेक्टर सन्तोष खड्का उत्कृष्ट प्रहरी घोषित
-
१० बजे १० समाचार : ‘प्रदेश सरकारहरूको बजेट’देखि ‘११४ जनाको शैक्षिक प्रमाणपत्रमाथि एक साथ छानबिन’सम्म
-
रास्वपा महाधिवेशन : सात हजार भन्दा बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै
-
मेडिकल र डेन्टलका इन्टर्न चिकित्सकको भत्ता समान बनाउन चिकित्सा शिक्षा आयोगको निर्देशन
-
रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ
-
इँटाभट्टाको पानी जमेको खाडलमा डुबेर बालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण