अब चीनमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट
चीनमा कोरोनाभाइरसको नयाँ भेरियन्टको पहिलो संक्रमित फेला परेका छन् । कोरोनाभाइरसको संक्रमणको सुरुवात एक वर्ष अघि चीनबाट नै भएको थियो , त्यसपछि यो संसारभरी फैलिएको हो । तर यो नयाँ भेरियन्टका सबैभन्दा धेरै संक्रमित बेलायतमा भेटिएका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार चीनमा यो नयाँ भेरियन्टको पहिलो संक्रमित भेटिएका छन् । चाइनीज सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको एक वक्तव्यलाई उद्धृत गर्दै यस्तो दाबी गरिएको छ ।
संसारका धेरैजसो देशले हाल बेलायतमाथि यात्रा प्रतिबन्ध लगाएको छ । नयाँ भेरियन्ट पहिलाको तुलनामा ४० देखि ७० प्रतिशतसम्म तीब्र गतिमा फैलने बताइएको छ ।
चीनमा यो नयाँ भेरियन्ट एक २३ वर्षीयामा महिलामा भेटिएको हो । यी महिला बेलायतबाट चीन फर्किएकी थिइन् । चीनमा यो पहिलो मामिला हो तरपनि चीन यो विषयमा निकै सतर्क छ । चीनले बेलायतका लागि सबै उडान हालका लागि स्थगित गरिदिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण