आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीले झुटो बोले– ‘निर्वाचन आयोगले नेकपा प्रचण्ड-माधव पक्षको निवेदन फिर्ता पठाएको छैन’

शुक्रबार, १७ पुस २०७७, १३ : ५७
शुक्रबार, १७ पुस २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगले प्रचण्ड माधव पक्षले आयोगमा दिएको निवेदन फिर्ता गरेको भन्ने अभिब्यक्ति निर्वाचन आयोगले खण्डन गरेको छ ।  प्रवासी नेपाली मञ्चका कार्यकर्तालाई शुक्रबार भर्चुअल माध्यमबाट सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले निर्वाचन आयोगले प्रचण्ड नेपाल पक्षको निवेदन रित नपुगेको भनेर हिजो फिर्ता पठाएको बताएका  थिए ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निवेदन फिर्ता नभएको बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने– ‘कसले भन्यो आयोगमा आएको निवेदन फिर्ता भयो भनेर ? दर्ता भएको निवेदनपनि फिर्ता हुन्छ ?’ उनले प्रधानमन्त्रीले भाषणका क्रममा के भने सो थाहा नभएको र आयोगले फिर्ता गर्ने कुरा नभएको उनले बताए । 

उनले भने– ‘भाषणको कुरा सोधेर नी हुन्छ, मानिलिँउ तपाईले हामीलाई अहिले एउटा निवेदन दिनुभयो भने के त्यो फिर्ता हुन्छ ? कहाँ फिर्ता हुन्छ ? आयोगमा आएर दर्ता भएको चिज रहिरहन्छ ।’ गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरेपछि दुई पक्षमा विभाजन भएको नेकपाका प्रचण्ड–नेपाल पक्षले आफ्नो आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । त्यसमाथि छानविन भइरहेको आयोगले जनाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप