प्रधानमन्त्रीले झुटो बोले– ‘निर्वाचन आयोगले नेकपा प्रचण्ड-माधव पक्षको निवेदन फिर्ता पठाएको छैन’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगले प्रचण्ड माधव पक्षले आयोगमा दिएको निवेदन फिर्ता गरेको भन्ने अभिब्यक्ति निर्वाचन आयोगले खण्डन गरेको छ । प्रवासी नेपाली मञ्चका कार्यकर्तालाई शुक्रबार भर्चुअल माध्यमबाट सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले निर्वाचन आयोगले प्रचण्ड नेपाल पक्षको निवेदन रित नपुगेको भनेर हिजो फिर्ता पठाएको बताएका थिए ।
आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निवेदन फिर्ता नभएको बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने– ‘कसले भन्यो आयोगमा आएको निवेदन फिर्ता भयो भनेर ? दर्ता भएको निवेदनपनि फिर्ता हुन्छ ?’ उनले प्रधानमन्त्रीले भाषणका क्रममा के भने सो थाहा नभएको र आयोगले फिर्ता गर्ने कुरा नभएको उनले बताए ।
उनले भने– ‘भाषणको कुरा सोधेर नी हुन्छ, मानिलिँउ तपाईले हामीलाई अहिले एउटा निवेदन दिनुभयो भने के त्यो फिर्ता हुन्छ ? कहाँ फिर्ता हुन्छ ? आयोगमा आएर दर्ता भएको चिज रहिरहन्छ ।’ गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरेपछि दुई पक्षमा विभाजन भएको नेकपाका प्रचण्ड–नेपाल पक्षले आफ्नो आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । त्यसमाथि छानविन भइरहेको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
-
काठमाडौँमा वर्षा रोकिएपछि खुल्यो मौसम, तस्बिरहरू
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
