सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

संसद विघटनको निर्णय नसच्चिए मुलुकको राजनीति कल्पना बाहिर जान्छः नेता सिंह

शुक्रबार, १७ पुस २०७७, १५ : ४३
शुक्रबार, १७ पुस २०७७

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय संसद विघटन हुँदा यसको असर प्रदेश र स्थानीय सरकार परेको बताएका छन् ।  सरकारको असंवैधानिक निर्णय नसच्चिए मुलुकको राजनीति अन्धकार  सुरुङभित्र फ्स्ने भएकाले त्यस  पछिको परिस्थिति कल्पना गर्ने नसकिने बताए ।

राष्ट्रपतिले समेत संविधानको भावना र  मर्म अनुरुप कार्य गर्न नसकेकाले मुलुक जटिल राजनीतिक दुर्घटनामा उन्मुख रहेको सिंहले बताए  जे सरकरले सिफारिस गर्छ हेर्दै नहेरि राष्ट्रपतिले सहमति गरिदिनुले सकटतिर मुलुक धकेलिएको उनको भनाइ छ । 

कसैको सनकको भरमा विधि पद्धतिको उल्लंघन गर्न नमिल्ने भन्दै संसद विघटनको अवैधानिक निर्णय सच्चिनु पर्नेमा सिंहको जोड छ ।  उनले भने, ‘अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद भङ्ग गर्ने सुविदा नदिएकाले  अनावश्यक तर्क दिएर विधि पद्धति को उपहास गर्नु गलत भएको छ ।’

काठमाडौँको पूर्वी क्षेत्रमा रहेको गोकर्णेश्वर नगरपालिकाको छैटौँ नगरसभालाई आज सम्बोधन गर्दै उनले प्रतिनिभिसभा विघटनको असर स्थानीय तहसम्म पुगेको बताए । ‘जनताबाट झण्डै दुई तिहाई मत पाएको वर्तमान सरकारले पार्टीभित्रको आन्तरिक झगडाका कारण संसद विघटन गर्दा यसको असर सबै प्रदेश र स्थानीय तहसम्म पुगेको छ । प्रधानमन्त्रीले आफुसँग नभएको अधिकार प्रयोग गरेर संसद विघटन गर्नुभयो । सरकारले चालेको उक्त कदम असंवैधानिक छ’ सिंहले भने । 

वर्तमान सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको उनको भनाई थियो ।  विघटित संसदका सदस्यसमेत रहनुभएका नेता सिंहले केन्द्रदेखि स्थानीय तहका जनप्रतिनिधि जनताको सेवामा लाग्नुभन्दा कमाउ धन्दामा लागेका कारण देश विकास हुन नसकेको उल्लेख गरे ।

नेता सिंहले नगरपालिकाभित्र रहेका धार्मिक, सांस्कृति, प्राकृतिक सम्पदालाई केन्द्रमा राखेर गोकर्णेश्वरले नमूना नगरपालिका निर्माणमा लाग्नुपर्ने बताए । नेपाली काँग्रेस काठमाडौँका सभापति सबुज बानियाँले स्थानीय सरकारका कारण जनता र जनप्रतिनिधीबीच राम्रो समन्वय हुँदा स्थानीय तहले विकास निर्माणमा राम्रो फड्को मारेको उल्लेख गरे । बागमती प्रदेशका सांसद छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेलगायत गोकर्णेश्वरको विकासका लागि सबै एकजुट हुनुपर्ने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप