नेपाल जेसिजको पद हस्तान्तरणसँगै देशभर कार्य विभाजन
शुक्रबार, १७ पुस २०७७, १९ : १८
काठमाडौं । नेपाल जेसिजका नवनिर्वाचित राष्ट्रिय पदाधिकारीले पदभार ग्रहण गरेका छन् । भलबारी जेसिजको आतिथ्यमा सम्पन्न राष्ट्रिय महाधिवशेनबाट निर्वाचित पदाधिकारीले जेसिज सचिवालय थापाथलीमा पदभार सम्हालेका हुन् ।
राष्ट्रिय अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष अरुणेश्वर खनालले जेसिजलाई सबै तहको सरकारसँग जोडेर अगाडि बढ्ने बताए । ‘नेपाल जेसिजले युवा पुस्तालाई सक्षम नेतृत्वको विकास र कुशल युवा पुस्ता निर्माणमा भूमिका खेल्दै आएको छ’ नवनिर्वाचित अध्यक्ष खनालले भने– ‘यो वर्ष जेसिजले युवालाई आत्मनिर्भर बनाउन र युवाको समग्र विकासका लागी महत्वपूर्ण कदम चाल्नेछ ।’
एक व्यक्ति एक पदको एकवर्षे कार्यकाल रहने जेसिजको परम्पराअनुसार अंग्रेजी महिनाको डिसेम्बर ३१ मा जिम्मेवारी परिवर्तन गर्ने परम्परा छ । पद हस्तान्तरणसँगै देशभरका पदाधिकारीको कार्य विभाजन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण