बेलायतमा करिब दश लाखले पाए फाइजर बायोएनटेकको खोप
लन्डन । बेलायतमा बिहीबार साँझसम्ममा झन्डै दश लाख मानिसले फाइजर–बायोएनटेकको कोरोना विरुद्धको खोपको पहिलो डोज लगाएका छन् । बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यान्ककले डिसेम्बर ३१ साँझसम्म नौ लाख ४४ हजार ५३९ ले फाइजर बायोएनटेक भ्याक्सिनको पहिलो डोज लगाएका जानकारी दिए ।
फाइजर बायोएनटेकको भ्याक्सिनलाई बेलायतले सबैभन्दा पहिला आममानिसमा प्रयोगका लागि अनुमति दिएको थियो । बेलायतमा गत डिसेम्बर ८ तारिखबाट फाइजर भ्याक्सिन वितरण शुरु गरिएको थियो । ९० वर्षीया मार्गरेट किनन अमेरिकी कम्पनी फाइजर र यसको जर्मन साझेदार बायोएनटेकले विकास गरेका खोप लिने पहिलो व्यक्ति भएकी थिइन् ।
एक व्यक्तिको लागि दुईवटा डोज आवश्यक पर्ने उक्त भ्याक्सिनको दोस्रो डोज पनि लगाउन थालिएको छ । बेलायतले मान्यता दिएको तीन हप्तापछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि फाइजर(बायोएनटेक भ्याक्सिनलाई मान्यता प्रदान गरेको छ । उता, बेलायतले अक्सफोर्ड–एष्ट्राजेनेकाद्वारा विकसित भ्याक्सिनलाई पनि मान्यता दिइसकेको छ । यससँगै कोरोना विरुद्धको दुईवटा भ्याक्सिनलाई मान्यता दिने बेलायत विश्वको पहिलो मुलुक बनेको छ ।
आउँदो सोमबारबाट फाइजर(बायोएनटेकको खोप वितरण गरिने सरकारले जनाएको छ । दुवै खोप मिलाएर दुई साताभित्र बीस लाख नागरिकहरुलाई प्राथमिकताको आधारमा खोप वितरण गरिने तयारी गरिएको अधिकारीहरुले जनाएका छन् ।
बेलायतमा कोरोना विरुद्धको खोप शुरु भएपनि संक्रमितको संख्या र मृत्युदर तीव्र रुपमा बढ्दै गएको छ । पछिल्ला केहि दिनमा सार्वजनिक सरकारी तथ्याङ्क अनुसार झन्डै दैनिक एक हजारको हाराहारीमा कोरोना संक्रमितको मृत्यु भएको छ भने ५० हजार भन्दा बढी संक्रमित थपिने गरेका छन् । शुक्रबार नयाँ वर्षकै दिन ५३ हजारभन्दा बढी संक्रमित थपिएका छन् भने ६१३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ७४ हजारभन्दा बढीको ज्यान गैसकेको छ ।
संक्रमण दर बढ्न थालेपछि बेलायतका अधिकांश क्षेत्रहरुमा कडा प्रतिबन्ध सहितको ‘टीयर ४’ नियम लागू गरिएका छन् । ‘टीयर ४’ अन्तर्गतका क्षेत्रहरुमा अत्यावश्यकबाहेकका सबै पसल, बार तथा रेष्टुरेन्टहरु बन्द रहनेछन् भने मानिसहरुलाई घरभित्र भेटघाट गर्न समेत प्रतिबन्ध लगाइएको छ । घर बाहिर पनि पार्क तथा बीचमा एकजनासँग मात्र भेट्न पाइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण