जङ्गली बँदेलको आक्रमणबाट चार जना घाइते
शनिबार, १८ पुस २०७७, १८ : ०५
दाङमा जङ्गली बँदेलको आक्रमणबाट चार जना घाइते भएका छन् । घाइते हुनेमा लमही नगरपालिका–१ बरूवागाउँका ४० वर्षीया हिरादेवी चौधरी, वडा नं २ डोडहीका आठ वर्षीय शिरीष गिरी, सोही ठाउँका ५५ वर्षीया धनिया चौधरी र ३० वर्षीय मिठ्ठु चौधरी रहेका छन् । घाँस दाउरा काट्न आज १० बजेतिर नजिकैको सामुदायिक वनमा गएको अवस्थामा बँदेलको आक्रमणबाट उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार बँदेलले उनीहरुको खुट्टामा आक्रमण गरेको छ । घाइतेमध्ये शिरीष र मिठ्ठुलाई लमही अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल सिफारिस गरिएको छ । धनियाँ र हिरादेवी चौधरीको लमहीमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण