विष्णु पौडेलविरुद्ध चुनाव लड्ने युवा संघका नेताको घोषणा
बुटवल । युवा संघका पूर्वउपाध्यक्ष राजु गुरूङले केपी ओली पक्षका महासचिव विष्णु पौडेलविरुद्ध आफू चुनाव लड्ने भन्दै उनलाई हराएर देखाइदिने दावी गरेका छन् । यसअघि बुटवलबाट चुनाव जितेका पौडेललाई अब रुपन्देहीमा आएर आफूसँग चुनाव लडेर जित्न समेत चुनौति दिए ।
नेकपा प्रचण्ड–नेपाल समूहका युवा नेता गुरूङले आज बिहान बुटवलमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘हिजो कसलाई कसले र कसरी चुनाव जितायो सबैलाई थाहा छ, हामी चुनावमा जान डराएका छैनौँ, हामीलाई चुनावमा जान डराए भन्ने महासचिव बिष्णु पौडेल चुवानमा आए म नै लडेर देखादिन्छु । आउनूस् मसँग चुनाव लडेर देखाउनुस्, हिम्मत छ ?’
उनले संसद् पुनःस्थापना गरेर देश र संविधान बचाउनुपर्ने पनि बताएका छन् । प्रधानमन्त्री केपी ओलीले संविधानको पाना च्यातेर प्रतिनिधिसभा विघटन गरेको उनको आरोप छ।
उनले काम गर्न दिइएन भन्दै प्रधानमन्त्री हिँडेको भएपनि गलत काम गर्नेहरु नै अहिले एक ठाँउमा उभिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण