सकारात्मक सन्देश दिने समाचार प्रवाह गर्न सञ्चारमन्त्रीको आग्रह
काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सञ्चारमाध्यामहरुले सदैव समाजलाई सकारात्मक सन्देश दिने समाचार प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले मुलुकमा धेरै सम्भावना छ भन्ने आशा जगाउने खालका दृष्टिकोणमा केन्द्रित भएर समाचार प्रवाह गर्न सञ्चारमाध्यामहरुलाई आग्रह समेत गरे ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का पदाधिकारीसँग आईतबार सिंहदरबारमा भएको सामूहिक भेटमा उनले बदलिँदो राजनीतिक परिवेशप्रति संकेत गर्दै समाजलाई निराश, द्धन्द्ध र अराजकतातर्फ जान नदिन सञ्चार माध्यामहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि बताए । मन्त्री गुरुङले भने, ‘मुलुकमा धेरै सम्भावनाहरु छन, ती सम्भावनाहरुप्रति आशावादी हुँदै समाजप्रति निराशा होइन् द्धन्द्ध होइन्, अराजकता होइन् नयाँ आशा जगाउने काममा सञ्चार माध्यामहरुले प्रेरित गर्नुपर्दछ ।’ समाजलाई सही बाटोमा अघि बढाउने खालका दृष्टिकोणको पक्षमा उभिएर मात्रै व्यवसायिक पत्रकारिताको धर्म निर्वाह गर्न सकिने मन्त्री गुरुङको भनाई छ ।
मन्त्री गुरुङले कुनै पनि संघ, संस्थामाथि विभेद हुुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे । भेटमा फोनिजले मन्त्रालयले दिँदै आएको अनुुदान सहायता कटौति नगर्न, सरकारी सञ्चारमाध्यामको समाचार कक्ष तथा प्रशासनिक संरचनालाई पूर्ण समावेशी बनाउनुपर्ने लगायतका ११ बुँदे माग गर्दै मन्त्री गुरुङलाई ज्ञापनपत्र बुुझाएको थियो । सो ज्ञापनपत्र बुुझ्दै उनले राज्य सबैको साझा भएको उल्लेख गर्दै कुनै पनि खालको विभेद हुन नदिने बताएका हुन् । कार्यक्रममा फोनिजका अध्यक्ष डण्ड गुरुङ, इन्डिजिनियस कम्युनिटी नेटवर्कका अध्यक्ष जगत दोङ, मन्त्री गुरुङका सञ्चारविज्ञ राजेन्द मानन्धर लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण