जीवन मन्त्रः घमण्डले वर्तमानमा त सुख देला, भविष्यमा पक्कै हानी गर्नेछ
एक राजा भगवान महावीर स्वामीलाई भेट्न जान्थे । उनी महावीरलाई बहुमुल्य आभुषण र उपहार दिने कोसिस गर्दथे । तर स्वामीले राजालाई सधैं भन्ने गर्थे, यसलाई खसाल । राजा उनको आज्ञा मानेर ती सामानहरु त्यहाँ नै खसालेर फर्कने गर्दथे ।
धेरै दिनदेखि त्यस्तै चलिरहेको थियो । एकदिन राजाले आफ्ना मन्त्रीसँग भने, ‘म यति महँगा चिज महावीर स्वामीलाई दिन जान्छु तर उहाँले सबै चिज त्यहाँ नै खसालिदिन किन भन्नुहुन्छ ? म पनि ती सामानहरु त्यहाँ नै खसालेर आउँछु । म एक राजा हुँ, उनलाई भेट दिन चाहन्छु तर उनी मेरा वहुमूल्य वस्तुलाई कुनै महत्व नै दिँदैनन् । स्वामीजीले यस्तो किन गरिरहनुभएको छ, मैले त बुझ्नै सकिनँ ।’
मन्त्री निकै बुद्धिमान थिए । उनले भने, ‘तपाईं यसपटक खाली हात जानुहोस् । त्यसपछि हेरौं, उहाँले के खसाल्न भन्नुहुन्छ ।’ राजालाई मन्त्रीको कुरा चित्त बुझ्यो ।
राजा अर्को पटक केही नलिई जाँदा महावीर स्वामीले भने, ‘अब आफैंलाई खसाल ।’ राजाले आफूलाई कसरी खसाल्ने भनेर बुझ्न सकेनन् । उनले महावीरलाई सोधे, ‘तपाईंको कुरा मैले बुझ्न सकिनँ । तपाईं सधैं मलाई केही न केही खसाल्नका लागि किन भन्नुहुन्छ ?’
महावीर स्वामीले भने, ‘तपाईं राजा हुनुहुन्छ । तपाईंलाई लाग्छ कि केही वस्तु दिएर तपाईंले कसैको पनि मन जित्न सक्नुहुन्छ भन्ने लाग्छ । मैले तपाईंलाई आफैंलाई खसाल्न भने । यसको अर्थ यो हो कि हामीभित्र जुन ‘म’ हुन्छ, त्यो अहंकारको रुपमा हुन्छ । म यो भन्न चाहन्छु कि आफ्नो यो अहंकार खसाल्नुहोस् वा त्याग्नुहोस्, त्यसपछि मात्रै यहाँ उभिनुहोस् ।’
राजाले यो कुरा बुझे कि गुरुको अगाडि घमन्ड लिएर जानु हुँदैन ।
पाठः
भगवानले मानिसको घमण्ड तोड्नका लागि गुरुलाई माध्यम बनाउँछन् । गुरुलाई थाहा हुन्छ कि अहंकारले भविष्यमा हानी पुर्याउँछ । यो एउटा यस्तो खराब व्यवहार हो जसको प्रदर्शन गर्दा वर्तमानमा त सुख मिल्छ तर यसले भविष्यमा सबैकुरा बर्बाद पार्नसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण