सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

भिडियोमा पल र रेश्माको राधाकृष्ण गेटअप

सोमबार, २० पुस २०७७, १६ : १३
सोमबार, २० पुस २०७७

काठमाडौं । अभिनेता पल शाह र मोडल रेश्मा घिमिरे राधाकृष्ण बनेका छन् । राजनराज शिवाकोटीको संगीत रहेको गीत ‘क्या मज्जा आको’ भिडियो अभिनयमा उनीहरु राधाकृष्ण बनेका हुन् । गीतमा राजनराज र मेलिना राईको स्वर रहेको छ । 

एजिएल इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यो गीतको भिडियोमा पल कृष्णको भूमिकामा प्रस्तुत भएका छन् भने रेश्मा राधा बनेकी छन् । भिडियोमा अभिनेता निर्मल शर्मालाई समेत देख्न सकिन्छ । एक नाटकमा रहने कलाकारहरुको रिहर्सलको कथा भिडियोमा बुनिएको छ । जसलाई गम्भीर बिष्टले निर्देशन गरेका हुन् । भिडियोमा नवराज उप्रेतीको छायाँकन, नविन निरौलाको सम्पादन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप