गाउनमा हट एण्ड ब्युटीफुल उर्वशी
सोमबार, २० पुस २०७७, १८ : १२
मुम्बई । अभिनेत्री उर्वशी रौतेला हमेशा लुक्स र सौदर्यको कारणले चर्चामा रहने गर्दछिन् । उनी फ्यानका लागि सामाजिक सञ्जालमार्फत ग्ल्यामरस तस्बिर समेत सार्वजनिक गरिरहन्छिन् । हालै उनले आफ्नो इस्टाग्राम मार्फत केही तस्बिर शेयर गरेकी छन् । जसलाई फ्यानले लाइकका वर्षा गराएका छन् ।

तस्बिरमा उनले मैरुन कलरको गाउन लगाएकी छन् । गाउनले भुईमा छाएको देख्न सकिन्छ । गाउनले उनको फिगर समेत आकर्षक देखाएको छ । म्यासी हेयरस्टाइल र मिनिमल मेकअपमा उनी झन् आकर्षक देखिएकी छन् । हर कोही घायल हुने उनको लुक्स रहेको छ ।

फ्यानले तस्बिरलाई कमेन्ट र तारिफ गरिरहेका छन् ।उर्वशी हालै फिल्म ‘वर्जिन भानुप्रिया’मा देखिएकी थिइन् । यसको अलवा उनी म्युजिक भिडियो ‘वो चाँद कहा से लाओगी’ मा पनि देखिएकी थिइन् । उनको अर्काे भिडियो ‘तेरी लोड वे’ रिलिजको तयारीमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण