आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वमन्त्री यादवको  जिसस प्रमुख बन्ने योजना धरापमा

मङ्गलबार, १० असोज २०७४, १० : ३८
मङ्गलबार, १० असोज २०७४

     सिरहा– सिरहा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री ७२ वर्षीय राजलाल यादव सिरहाको भगवानपुर गाउँपालिका– ३ को वडा सदस्यमा निर्वाचित भए । 

    जिल्ला समन्वय समितिको सभापति बन्ने योजना सहित ३ नम्वर वडाबाट निर्वाचित उनको योजना यतिबेला आएर विफल बन्ने देखिएको छ । 

जिल्लाको १७ स्थानीय निकायमध्ये ६ स्थानमा नेकपा माओवादी केन्द्र विजयी भएपछि उनको योजना धरापमा पर्ने सम्भावना बढेको हो । 
    जिल्लामा सवैभन्दा बढी स्थानीय तह नेकपा माओवादीले जितेकाले उसैले यो पदको दावी गर्ने देखिन्छ । संघिय समाजवादी फोरमले एक नगरपालिका सहित ५ स्थानमा विजय हासिल गरेको छ । 
    त्यसैगरी नेकपा एमाले ३ र नेपाली कांगे्रसले २ स्थानीय तहमा विजयी हासिल गरेको छ । 
पूर्वमन्त्री यादवले खसेको सदर मत एक हजार तीन सय ६८ मध्ये यादवले  आठ सय ७२ मत प्राप्त गरेका छन्। उक्त वडामा फोरमकै हरिनारायण यादव नौ सय १८ मतसहित वडाध्यक्ष भएका छन् । 

 भारतसँग सीमा जोडिएको सीमावर्ती क्षेत्रमा पर्ने उक्त वडामा फोरमबाट महिला सदस्य हिराकुमारी यादव नौ सय ११ र दलित महिला सदस्य रेखादेवी राम नौ सय १६ मत प्राप्त गरी विजयी भएकी छन्। भगवानपुर गाउँपालिकामा फोरमबाट अध्यक्ष बेचनप्रसाद यादव, उपाध्यक्ष सीतादेवी यादवसहित १ र ३ मा वडाध्यक्ष जितेको छ र बाँकी रहेका २, ४ र ५ नं. को वडाध्यक्ष नेकपा एमालेको पोल्टामा गएको छ । 
तत्कालीन इनर्वा गाउँ पञ्चायतको अध्यक्ष, सिरहा जिल्ला विकास समिति सभापति हुँदै सिरहा क्षेत्र नं. २ को सांसद र  विनाविभागीय मन्त्री भएका यादव पुनः जिल्ला समन्वय समितिको प्रमुख बन्ने योजनासहित वडासदस्य पदमा उठेको स्रोतको भनाइ छ । 
उनी डा. बाबुराम भट्टराईनेतृत्वको सरकारमा तत्कालीन  मधेशी जनअधिकार फोरमको कोटाबाट विनाविभागिय मन्त्री बनेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप