भारतीय विदेशमन्त्री श्रीलङ्का जाने
मङ्गलबार, २१ पुस २०७७, १४ : ३७

नयाँ दिल्ली । भारतका विदेश मामिला मन्त्री डा.एस. जयशंकर श्रीलङ्काको भ्रमणमा जान लागेका छन् । उनी तीन दिने भ्रमणका लागि मंगलबार त्यसतर्फ प्रस्थान गर्नुहुने अधिकारीहरुले जानकारी दिएका छन् ।
भ्रमणका क्रममा उनले श्रीलङ्काका उच्च अधिकारीहरुसँग दुई पक्षीय हित र चासोका बारेमा छलफल गर्ने भएका छन् । मन्त्री जयशंकरले श्रीलङ्काका आफ्ना समकक्षी दिनेश गुनावर्देना र उच्च पदाधिकारीहरुलाई भेट्ने तालिका रहेको भारतको विदेश मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको वक्तव्यमा लेखिएको छ, “विदेश मन्त्री जयशंकरले यही जनवरी ५-७ सातसम्म श्रीलङ्काका भ्रमण गर्नु हुनेभएको छ । भ्रमणका क्रममा उहाँले उच्च अधिकारीहरुसँग दुई पक्षीय हित र साझा चासोका विषयमा छलफल गर्नुहुने छ ।” सन् २०२१ लागेपछिको उनको पहिलो विदेश भ्रमण हो । -एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्मृतिमा विजय चालिसे
-
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
-
बारामा मदन आश्रितका नाममा ३ करोड बजेट
-
तरुण दलको भवन बनाउन ३ करोड बजेट छुट्ट्याएकोमा आलोचना
-
खाद्य पदार्थको अनुगमन, निरीक्षण तथा जाँचका कामहरू वैज्ञानिक विधिबाट भइरहेका छन् : मन्त्री अधिकारी
-
समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्न विज्ञान तथा प्रविधिको प्रयोग अपरिहार्य: पूर्व राष्ट्रपति भण्डारी