ओलीको कदमलाई कुनै पनि हालतमा सही भन्न सकिँदैन, उनी सजायका भागिदार छन्ः नेता भुसाल
नेकपाको प्रचण्ड–नेपाल पक्षका नेता घनश्याम भुसालले प्रधानमन्त्री ओलीले चालेको संसद विघटनको कदमलाई कुनै पनि कोणबाट सही भन्न नसकिने दोहोर्याएका छन् । प्रेस संगठनले आज रुपन्देहीको तिलोत्तमामा गरेको अन्तर्क्रियामा बोल्दै नेता भुसालले संसद् पुनस्थापना गरेर मात्र ओलीलाई सजाय दिन सकिने बताए ।
उनले जनता, पार्टी, लोकतन्त्रसँग गरेको सम्झौता विपरित संसद विघटन गरेकाले ओली सजायका भागिदार रहेको पनि बताए । संसद विघटन न्यायका विरुद्ध, समानताका विरुद्ध र समाजका विरुद्ध रहेको भन्दै उनले यसको उजागर गर्न सकिएन भने पत्रकारिताको कर्तव्य पुरा नहुने पनि स्पष्ट पारे ।
उनले प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक छ भन्ने कुरा पत्रकारितामार्फत जनतामा लैजान आवश्यक रहेको पनि बताए । पत्रकारले जति छिटो जनतालाई असंवैधानिक कदमको विषयमा सुसूचित गर्न सक्यो त्यति छिटो संविधान ट्र्याकमा आउने भुसालको भनाइ छ।
प्रधानमन्त्री ओलीका कदम लोकतन्त्रको विरोधमा, समाजवादको विरोधमा र वामपन्थको विरोधमा रहेको भुसालले दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण