सरकारले सातै प्रदेशमा कोभिड खोप भण्डारणको तयारी थाल्यो
काठमाडौं । सरकारले सातै प्रदेशमा कोभिड भण्डारको तयारी थालेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको बैठकले सातै प्रदेशमा खोप भण्डारणको तयारी थाल्ने निर्णय गरेको हो । बैठकले खोपको अनुगमन कार्यका लागि उच्चस्तिरिय खोप अनुगमन समिति गठन गर्ने निर्णय समेत गरेको छ ।
त्यस्तै कोभिड-१९ भाइरसको नयाँ स्वरुपको जोखिम बढेपछि अन्तर्राष्ट्रिय आवागमन व्यवस्थापन गर्न भन्दै पर्यटन मन्त्रालयलाई पत्र पठाउने निर्णय समेत बैठकले गरेको छ । अन्तर्राष्ट्रिय आवागमन व्यवस्थापनमा ध्यान दिन भन्दै कोभिड-१९ संकट व्यवस्थापन केन्द्र र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई पत्र पठाउने निर्णय गरेको मन्त्रालय प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए ।
बैठकले आगामी असार मसान्तभित्र सम्मका लागि कोभिड—१९ को अर्को र्यापिट एक्सन प्लान तयार गरी स्वीकृतिका लागि पेश गर्न नीति योजना तथा अनुगमन महाशाखालाई जिम्मेवारी तोकेको पनि उनले बताए । त्यस्तै सबै अस्पतालहरुलाई नियमित रुपमा कोभिड, नन-कोभिड बिरामीको उपचार गर्न समेत मन्त्रालयले निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण