चीनले बनाएको कोरोना भ्याक्सिन कसले लगाउनु हुन्छ, कसले हुँदैन ? (भिडियो)
एजेन्सी । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विश्वका विभिन्न देशहरुले जस्तै चीनले पनि भ्याक्सिन उत्पादन गरिरहेको छ । चीनको बुहानबाट सुरु भएको भाइरस रोकथामका लागि चीन सक्रिय रुपमा लागिरहेको छ । उसले सर्वसधारणका लागि भ्याक्सिन लगाउने कार्ययोजना अघि बढाएको छ । चीनको सांग्रिला कम्पनी लगाएतले बनाएको कोरोना विरुद्धको भ्याक्सिन नेपालमा पनि लगाउनेबारे छलफल चलिरहेको छ ।
चीनमा बनेको भ्याक्सिन कसले लगाउन हुन्छ, कसले लगाउन हुँदैन भनेर चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली विभाग प्रमुख वर्षाले एक भिडियो सामग्री तयार पारेकी छिन् । जसमा उनले चीनमा उत्पादन भएको भ्याक्सिन कसले लगाउन हुन्छ, कसले लगाउन हुँदैन भन्नेबारेमा स्पष्ट पारेकी छिन् ।
चिनियाँ खोप कसलाई लगाउनु हुँदैन
-६९ वर्षमाथिका बृद्ध बृद्धालाई लगाउनु हुँदैन ।
-१८ बर्षभन्दा सानै उमेरका किशोर किशोरी तथा बालबालिकालाई लगाउनु हुँदैन
-गर्भवती भएका महिलालाई पनि लगाउनु हुँदैन ।
-बच्चालाई दुध खुवाइरहेकी आमालाई पनि लगाउनु हुँदैन ।
-अन्य रोगको उपचार गराइरहेकाहरुले पनि कोरोना विरुद्धको खोप लगाउनु हुँदैन ।
-चीनमा बनेको खोप दुई चरणमा लगाउनुपर्छ । एउटा हातमा लगाएको १४ वा २८ दिनपछि अर्को हातमा लगाउनुपर्छ ।
हेर्नुहोस् भिडियो:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण