चीनले बनाएको कोरोना भ्याक्सिन कसले लगाउनु हुन्छ, कसले हुँदैन ? (भिडियो)
एजेन्सी । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विश्वका विभिन्न देशहरुले जस्तै चीनले पनि भ्याक्सिन उत्पादन गरिरहेको छ । चीनको बुहानबाट सुरु भएको भाइरस रोकथामका लागि चीन सक्रिय रुपमा लागिरहेको छ । उसले सर्वसधारणका लागि भ्याक्सिन लगाउने कार्ययोजना अघि बढाएको छ । चीनको सांग्रिला कम्पनी लगाएतले बनाएको कोरोना विरुद्धको भ्याक्सिन नेपालमा पनि लगाउनेबारे छलफल चलिरहेको छ ।
चीनमा बनेको भ्याक्सिन कसले लगाउन हुन्छ, कसले लगाउन हुँदैन भनेर चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली विभाग प्रमुख वर्षाले एक भिडियो सामग्री तयार पारेकी छिन् । जसमा उनले चीनमा उत्पादन भएको भ्याक्सिन कसले लगाउन हुन्छ, कसले लगाउन हुँदैन भन्नेबारेमा स्पष्ट पारेकी छिन् ।
चिनियाँ खोप कसलाई लगाउनु हुँदैन
-६९ वर्षमाथिका बृद्ध बृद्धालाई लगाउनु हुँदैन ।
-१८ बर्षभन्दा सानै उमेरका किशोर किशोरी तथा बालबालिकालाई लगाउनु हुँदैन
-गर्भवती भएका महिलालाई पनि लगाउनु हुँदैन ।
-बच्चालाई दुध खुवाइरहेकी आमालाई पनि लगाउनु हुँदैन ।
-अन्य रोगको उपचार गराइरहेकाहरुले पनि कोरोना विरुद्धको खोप लगाउनु हुँदैन ।
-चीनमा बनेको खोप दुई चरणमा लगाउनुपर्छ । एउटा हातमा लगाएको १४ वा २८ दिनपछि अर्को हातमा लगाउनुपर्छ ।
हेर्नुहोस् भिडियो:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् डार्क चकलेट खाँदाका फाइदा
-
ब्रिक्समा सामेल हुने श्रीलङ्काको चाहना
-
सत्तामा नहुँदा कांग्रेस पानीबाट निकालेको माछाजस्तै भट्याक भट्याक गर्दैछ : ओली
-
जेठ ११ गतेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित
-
सरकारको नीति तथा कार्यक्रममाथि जेठ ११ गतेदेखि दफावार छलफल हुने
-
प्रतिपक्षीलाई पेल्दै सरकार, उद्योगमन्त्रीद्वारा ८ वटा कानुन संशोधनको अध्यादेश पेश