करियरको चिन्ताले मानसिक समस्यामा थिए सैफ
एजेन्सी । सैफ अली खानको गणना बलिउड फिल्मबाहेक वेव सिरिजका उत्कृष्ट कलाकारको रुपमा पनि हुन्छ । उनले करियरमा त्यस्ता धेरै शान्दार भूमिका निभाएर छन्, जो हामीलाई सधैं हुन्छ । यद्यपि, सधैं यस्तो सहज अवस्था थिएन । सैफ अली खानको जीवनमा यस्तो समय पनि थियो, जतिबेला उनी मानसिक रुपमा र पेशागत रुपमा पनि कमजोर महसुस गर्दथें ।
खानले भर्खरै एक अन्तवार्तामा यस्तो खुलासा गरेका हुन् । सैफ अलीले ती फिल्म मेकर्सहरुलाई पनि धन्यवाद् दिएका कारण जसका कारण उनले आफ्नो अभिनयमा दोस्रो इनिङ सुरु गर्ने अवसर पाए । सैफले भने, ‘साँचो भन्नुपर्दा, मलाई आफुले धेरै मिहेनत गरेको छु भन्ने लाग्छ ।
एक समय यस्तो थियो जब म मानसिक र पेशेवर तरिकाले पनि दलदलमा फसेको महसुस गथ्र्ये । मैले त्यसबाट निस्कने प्रयास गरें । यो मेरा लागि एउटा पहाड चढ्नुजस्तै थियो । मलाई लाग्थ्यों कि म बेस क्याम्प १ मा छु र मैले प्रगतिको एउटा लामो बाटो तय गर्नुछ ।’
सैफले आफ्नो कुराकानीका क्रममा आगामी फिल्म भूत पुलिसको रिलिजबारे उत्साहित रहेको बताएका छन् । यो फिल्मको ८० प्रतिशत काम सकिइसकेको उनले बताए । भूत पुलिसमा सैफ अली खान र अभिनेता अर्जुन कपूर, यामी गौतम, ज्याकलिन फर्नान्डेजलगायत कलाकार मुख्य भूमिकामा छन् । यस फिलमको सुटिङ हिमाञ्चल प्रदेशमा भएको थियो । सैफ अभिनित वेव सिरीज ताण्डव पनि रिलिज हुनेवाला छ । यसबाहेक पनि अन्य धेरै काममा सैफ सक्रिय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण