नेपाल–भारत सीमा क्षेत्रमा एकीकृत भन्सार जाँचचौकीको निर्माण शुरु
बहुप्रतीक्षित एकीकृत भन्सार जाँचचौकीको निर्माण कार्य शुरु भएको छ । झण्डै १० वर्षको प्रतीक्षापछि बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा एकीकृत भन्सार जाँचचौकीको निर्माण कार्य शुरु भएको हो । भारतीय सिमानासँग जोडिएको बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा उक्त चौकीको निर्माण हुन लागेको छ । भारततर्फ भवन निर्माणको काम २५ प्रतिशत सम्पन्न भएको छ भने नेपालतर्फ जग खन्ने र बाटो बनाउने काम भइरहेको छ ।
निर्माणअन्तर्गत अहिले पूर्वाधार निर्माणका लागि कामदार र डोजर, टिपर २४ सैँ घण्टा सञ्चालन भइरहेका छन् । भारत र नेपालबीच भएको सम्झौताबमोजिम बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा एकीकृत भन्सार जाँचचौकी बन्न लागेको हो । जाँचचौकी निर्माणका लागि नेपाल सरकारले झण्डै ९१ बिघा जमीन अधिग्रहण गरिसकेको छ । अधिग्रहण गरिएको कूल जग्गामध्ये ६७ बिघामा भारत सरकारले कार्यालय, गोदामलगायतका संरचना निर्माण गर्ने र बाँकी २४ विगाहा जग्गा बाटोका लागि छुट्याइएको छ ।
सो जाँचचौकी निर्माण भएमा नेपालगञ्ज भन्सार कार्यालयबाट हुने सेवा प्रवाह व्यवस्थित हुने र यसको प्रत्यक्ष लाभ मुलुककै अर्थतन्त्रमा पर्ने यस क्षेत्रका उद्योगी, व्यापारीको बुझाइ छ । जाँचचौकीमा मालसामान आयात–निर्यातका लागि आवश्यक पर्ने सबै कार्यालय स्थापना हुने नेपालगञ्ज उपमहानगरपालिकााका प्रमुख डा धवलशम्शेर राणाले बताए । नेपालका लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका जिल्लामा अहिले उद्योग, व्यापार बढदै गएको अवस्थालाई दृष्टिगत गरी भारत र नेपालको आयात–निर्यातलाई सहज व्यवस्थापन गर्न निर्माण हुन लागेको एकीकृत भन्सार जाँचचौकी कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ ।
आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका इञ्जिनीयर होमनाथ भुसालका अनुसार, नेपालले सुरक्षाकर्मीका लागि केही संरचना निर्माण गर्ने दुई मुलुकबीचको सम्झौतामा उल्लेख गरिएको छ । जाँचचौकी निर्माणका लागि नेपाल सरकारले जग्गा मात्र उपलब्ध गराउने र अन्य काम भारत सरकारको तर्पmबाट हुने सम्झौता भएको जनाइएको छ । इञ्जिनीयर भुसालले जाँचचौकी निर्माणका लागि झण्डै रु एक अर्ब ३६ करोड (भारतीय रुपैयाँ) छुट्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण