मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

परराष्ट्रमन्त्रीको भारत भ्रमण: कोरोना भ्याक्सिनबारे सम्झौता हुनसक्ने

शुक्रबार, २४ पुस २०७७, १४ : २८
शुक्रबार, २४ पुस २०७७

एजेन्सी । भारतले देशभित्र दुुईवटा कोरोना भ्याक्सिनको प्रयोगका लागि स्वीकृति दिइसकेको छ । स्वदेशी कम्पनी भारत बायोेटेकले बनाएको कोभ्याक्सिन स्वीकृति पाउनेमध्ये एक हो । अर्को, बेलायतको  अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको भ्याक्सिन हो, यसलाई भारतमा सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको छ ।

यसअघि गत मंसिरमा नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवद्धन श्रृंगलाले कोरोना भ्याक्सिनले भारतमा स्वीकृति पाएसँगै नेपाललाई पनि सहयोग गर्ने प्रतिवद्धता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग गरेका थिए । हिन्दूस्तान टाइम्समा प्रकाशित समाचारअनुसार परराष्ट्र मन्त्री ज्ञवालीको भारत भ्रमणका बेला भ्याक्सिन आपूर्ति गर्ने विषयमा दुुई पक्षबीच सहमति हुनसक्छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले १ करोड २० लाख डोज भ्याक्सिन भारतबाट झिकाउन चाहेको र यसमा भारतीय पक्ष सहमत हुने अपेक्षा गरिएको समाचारमा उल्लेख छ । नेपाल–भारत संयुक्त कमिशनको छैटौं बैठकमा सहभागी हुन माघ १ गते परराष्ट्रमन्त्री भारत जाने कार्यक्रम छ । उनले माघ २ गते भारतका विदेशमन्त्री एस जयशंकरलाई भेट्ने कार्यक्रम छ ।  

समाचारअनुसार कोरोना भ्याक्सिन सम्बन्धी सम्झौता पनि यही क्रममा हुन सक्नेछ । प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि हुन लागेको यस भ्रमणको राजनीतिक अर्थ पनि ठूलो हुने ठानिएको छ । यद्यपि, नेपाललाई कोरोना भ्याक्सिन उपलब्ध गराएर नेपाली जनताप्रति आफ्नो सद्भाव प्रकट गर्ने पनि भारतको इच्छा छ ।

भ्रमणका क्रममा  १ करोड २० लाख डोज भ्याक्सिन सप्लाई गर्ने  स्पष्ट प्रतिवद्धता भारतसँग ज्ञवालीले खोज्न चाहेको समाचारमा उल्लेख छ । चीनले पनि नेपालालई सिनेभ्याक कम्पनीको भ्याक्सिन दिने प्रस्ताव गरिसकेको छ । यद्यपि, ओली सरकारले भारतबाट भ्याक्सिन आपुुर्ति गर्ने विषयलाई प्राथमिकतामा राखेको नेपाल सरकारका अधिकारीहरुलाई उदृत गर्दै समाचारमा जनाइएको छ । 

समाचारअनुसार, भारतस्थित नेपालका राजदूत निलाम्बर आचार्यले भारतका भ्याक्सिन निर्माता र सरकारी अधिकारीहरुसँग धेरै चरणमा छलफल समेत गरिसकेका छन् । पछिल्लो समय मंगलबार भारत बायो टेकका कार्यकारी निर्देशक डाक्टर भी कृष्ण मोहनसँग उनले भोटघाट गरेको समाचारमा जनाइएको छ ।

सीमा समस्याबारे छलफल 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय समकक्षी जयशंकरबीचको भेटमा दुुई देशबीचको सीमा समस्याका विषयमा पनि छलफल हुने बताइएको छ । लिपुलेक र लिम्पियाधुरासहितका आफ्ना भूभाग समेटेर नेपालले नयाँ नक्सा सार्वजनिक गरेपछि बिग्रिएको भारतसँगको सम्बन्ध सुधारका विषयमा यस भेटमा छलफल हुने बताइएको छ । भारतले नेपालको नक्साप्रति आपत्ति जनाउँदै आएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप