५० वर्षअघि गणतन्त्रका लागि रोडमा उफ्रने मै हुँ: प्रधानमन्त्री ओली
कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु आजभन्दा ५० वर्ष अघि नै गणतन्त्रका लागि रोडमा उफ्रेको बताएका छन् । शुक्रबार कैलालीको धनगढीमा आफु पक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले आफु ५० बर्षअघि नै गणतन्त्रका लागि लडेको बताएका हुन् । ‘५० वर्ष अघि गणतन्त्रका लागि रोडमा उफ्रने मै हो । त्यसक्रममा १४ वर्ष जेल नै बसेको छु’, ओलीको भनाई छ । उनले प्रचण्ड–माधव पक्षलाई भगौडाको संज्ञा दिँदै आगामी निर्वाचनमा १० सिट जितेर देखाउन चुनौती दिए ।
उनले काम लाग्छ की भनेर प्रचण्डलाई पार्टीमा लयाएको र सुधार्न धेरै साबुन र पानी खर्च गर्दा पनि नसुध्रिएको बताए । उनले चुनाव रोक्न कसैले नसक्ने भन्दै चुनावमा लाग्न र आफुले हस्ताक्षर गरेर पठाएको उम्मेद्वारलाई जिताउन कार्यकर्तालाई सुझाव दिए । आफुले हस्ताक्षर गरेर पठाएको उम्मेद्वारलाई भोट हाल्न आग्रह गर्दै त्यसपछि देशको विकास गर्ने जिम्मेवारी आफ्नो हुने दावी गरे । उनले प्रचण्ड माधव अहिले सडकमा गाली गलोजमा उत्रिएको आरोप समेत लगाए ।
‘पार्टी कमिटीको बैठकमा नआएर, सडककमा गएर, गाली गलोज गरेर, प्रचण्ड माधव पक्षका नेता कार्यकर्ता भनिएका मान्छेहरु हामीलाई गाली गलोज गरिरहेका छन् । तर हामीलाई गाली गलोज गर्ने फुर्सद छैन । हामीलाई देश बनाउनुछ, उद्योगहरु स्थापना गर्ने, रोजगारी सिर्जना गर्ने हाम्रो उदेश्य छ’ ओलीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाओमी ओसाकाद्वारा विश्व नम्बर एक सबालेन्का पराजित
-
विश्वकपबाट बाहिरिएसँगै कार्लोसले दिए घानाको मुख्य प्रशिक्षक पदबाट राजीनामा
-
अघिल्लो सरकारले स्थगित गरेको फुल अडिट स्वर्णिमले किन ब्युँत्याए ?
-
पोखरा–दुबई हवाई उडानलाई दिगो बनाउन व्यवसायी र फ्लाइ दुबईबिच छलफल
-
बागलुङमा ७९ लाखको लागतमा स्वास्थ्यचौकी भवन तयार
-
इरानका दिवंगत सर्वोच्च नेता खामेनीको अन्त्येष्टि : नयाँ उत्तराधिकारी मोज्तबा अनुपस्थित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण