रुपन्देहीबाट पनि प्रचण्ड–माधव समूहले पठायो प्रधानमन्त्रीलाई संविधान पुस्तक
शुक्रबार, २४ पुस २०७७, १७ : ४५
रुपन्देही । नेकपा प्रचण्ड माधव समूह रुपन्देहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको एक प्रति पठाएको छ। प्रधानमन्त्री ओलीले चालेको कदम असंवैधानिक भएको भन्दै उक्त समूहका नेता कार्यकर्ताले भैरहवा बजारमा प्रदर्शन पश्चात् जिल्ला प्रशासन कार्यलय पुगेर प्रमुख जिल्ला अधिकारीमार्फत संविधानको पुस्तक पठाएका हुन् ।
करिब एकघन्टा जिल्ला प्रशासन कार्यलय अगाडि नारा जुलुस गरेका नेकपा नेता कार्यकर्ताले प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेमार्फत प्रधानमन्त्रीलाई संविधानको पुस्तक पठाएका हुन् । ‘संविधानमा राम्रोसँग पढुन् भनेर हामीले प्रधानमन्त्रीलाई संविधानको पुस्तक पठाएका छौ । उहाँले यो पुस्तक पढेपछि गल्तीको महसुस गर्नुहुन्छ कि भन्ने हामीलाई लागेको छ’ नेकपाका जिल्ला नेता पुरुषोतम घिमिरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण