सन् २०२१ मा चीनको आर्थिक वृद्धिदर ७.९ प्रतिशतमा झर्ने आइएमएफको प्रक्षेपण
एजेन्सी । कोभिड १९ को सङकटले ग्रस्त एक वर्षको महत्वपूर्ण मानवीय र आर्थिक लेखाजोखापछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले शुक्रबार चीनको लागि २०२१ को आर्थिक वृद्धि प्रक्षेपण ७.९ प्रतिशतमा घटाएको छ ।
आईएमएफले गरेको पूर्वानुमान यस पहिले गरेको प्रक्षेपण (८.२) प्रतिशत) भन्दा सामान्य कम अर्थात् ७.९ प्रतिशत रहने जनाएको छ । कोरोनाभाइरसले विश्वभर आर्थिक सङ्कट परिरहेका समय विश्वका प्रमुख अर्थतन्त्रमध्ये विश्वव्यापी महामारीबीच पनि आर्थिक वृद्धिलाई कायम राख्ने चीन एक मात्र मुलुक बनेको छ ।
गत वर्ष पहिलो तीन महिनामा चीनको आर्थिक वृद्धिदरमा समस्या देखिएको भएपनि विश्वव्यापी महामारी रोक्न विश्व समुदायले आंशिक तथा पूर्ण लकडाउन भई उद्योग तथा कलकारखाना बन्द हुँदा विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले पछिल्ला महिनाहरूमा आर्थिक वृद्धि दरलाई विस्तार गर्न सफल भएको हो । आइएमएफले पहिले प्रक्षेपण गरेको आर्थिक वृद्धि दरभन्दा कम रहेको भएपनि चीनले आफ्नो अर्थतन्त्रलाई विस्तार गर्न सफल भएको छ ।
आइएमएफले २०२० को लागि तय गरेको १.९ प्रतिशतको आर्थिक वृद्धि कायम भएमा आर्थिक सुधारको युग सुरु हुनुभन्दा ठीक अघि १९७६ पछि सबैभन्दा खराब प्रदर्शन हुनेछ ।
आईएमएफका अनुसार चिनियाँ अर्थव्यवस्थाले महामारीबाट आफ्नो छिटो पुनःप्राप्तिलाई निरन्तरता दिइरहेको छ । चीनले कोभिड–१९ महामारी नियन्त्रण प्रयास र संकटको प्रभावलाई छोटो समयमा कम गन नीतिगत कार्यहरूले सहयोग पुर्याएको छ । वृद्धि अझै असन्तुलित छ किनकि सार्वजनिक खण्डमा पछाडि आएको सुधारले सार्वजनिक उपभोग ठूलो निर्भरता देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण