जितगढीको प्रवर्द्धन गर्न बुटवलमा म्याराथन
बुटवल । बुटवलको ऐतिहासिक किल्ला जितगढीको प्रवर्द्धनका लागि बुटवलमा हाफ म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । जितगढीको सान नेपालीको पहिचान’ भन्ने नारासहित शनिबार सम्पन्न दौडमा मुख्यमन्त्री शंकर पोखरेल, आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीसहित विभिन्न क्षेत्रका व्यक्तिहरु सहभागी भएका थिए ।
हाफ म्याराथुन बुटवल बहुमुखी क्याम्पसबाट शुरु भई योगीकुटी हुँदै ड्राइभर टोलबाट फिर्ता भएर लुम्विनी अस्पताल, पुरानो बसपार्क हुदै जितगढीमा पुगेर समाप्त भएको थियो ।
हाफ म्याराथनको उपाधी खड्ग दल गण रोल्पाका शिवबहादुर रायमाझीले हात पारेका छन् ।
म्याराथनको २१ किलोमिटर दुरी उनले १ घण्टा ११ मिनेट ४९ सेकेण्डमा पुरा गर्दै उपाधी हात पारेका हुन् । यसैगरि नारायण दल गण कपिलबस्तुका सुबास कार्की १ घण्टा १४ मिनेट ३९ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भए भने बिन्दवासिनी बहिनी चन्द्रौटा कपिलवस्तुका सशस्त्र प्रहरी बलका गौरव भण्डारीले १ घण्टा १४ मिनेट ५१ सेकेण्डमा दुरी पार गर्दै तेस्रो स्थान बनाए ।
महिलातर्फको उपाधी गरुण दल बुटवलकी निर्मला केसीले हात पारिन् । उनले १ घण्टा ३३ मिनेट ३४ सकेण्डमा दुरी पार गरिन् भने सशस्त्र प्रहरी बल बिन्दवासिनी बाहिनीका भावना शाहीले १ घण्टा ३६ मिनेट ५ सेकेण्डमा पार गर्दै दोस्रो भइन् गोरख दल गण पाल्पाकी मिनिसा थापा १ घण्टा ३७ मिनेट २० सेकेण्डमा दुरी पार गर्दै तेस्रो भइन् । विजेताहरुलाई क्रमशः नगद रु २५ हजार, २० हजार र १५ हजारसहित मेडल, प्रमाणपत्र प्रदान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण