सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

‘मन पर्‍यो आफ्नै नाम’ भन्दै नाचे राजेश र नीता

आइतबार, २६ पुस २०७७, ०८ : ४१
आइतबार, २६ पुस २०७७

काठमाडौं । गायिका लक्ष्मी आचार्यको लोक गीत ‘आफ्नै नाम मन पर्‍यो’ सार्वजनिक भएको छ । आकर्षक भिडियो साहित सार्वजनिक गीतमा आचार्यलाई कुलेन्द्र विश्वकर्माले स्वरमा साथ दिएका छन् ।
माया प्रेमका शब्दले भरिएको निकै मिठासपूर्ण गीतमा प्रह्लाद सुवेदीको शब्द तथा वसन्त थापाको संगीत रहेको छ । 

गीतको भिडियो पनि फिल्म शैलीमै तामझामका साथ तयार गरिएको छ । भिडियोमा अभिनेता राजेश हमाल, अभिनेत्री नीता ढुंगानाको साथमा गायिका लक्ष्मीको समेत अभिनय देख्न सकिन्छ । थुप्रै कोरस समेत प्रयोग गरिएको भिडियो गीतलाई सिगार्न सफल देखिन्छ ।

शिव विकको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा सौरभ लामाको छायाँकन, तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ । 
यस अगाडिका हरेक गीत राम्रो र चर्चित दिन सफल गायिका लक्ष्मी केही पहिले गायक चक्र बमसँग सुदूरपश्चिमेली शैलीमा ‘भन् साली तेरी दिदी कहाँ छ’ बोलको गीत आएको थियो । जुन गीत अहिले निकै चर्चामा पुग्न सफल भएको छ । अहिले सार्वजनिक भएको ‘आफ्नै नाम मन पर्यो’ गीतले पनि चर्चा पाउने उनले आस लिएकी छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप