सगरमाथाको छोरो
मनको पाखापखेराभरि
सुकिलो मुस्कान छर्ने
चिम्सो आँखा उघारेर
निर्दोष, निर्भय, प्रेमिल हेर्ने
चट्टानजतो चट्ट
हिउँजस्तो गोरो
अहो साथी !
तिमी त सगरमाथाको छोरो !
तिम्रो गालाको धर्साहरूमा
पहाडी खोल्सा रहेका छन्
तिम्रो बोलीको आवाजमा
छङ्छङ झरना बगेका छन्
चुचुरो माथि, माथिको
निलो
निश्चलताजस्तै सफा मन
छिनमै रिसाए जस्तो
छिनमै खुसाएजस्तो
हिमालजस्तै सुकिलो
सुन्दर आनीबानी छन्
तिम्रो आदतमा नेपालको
मनसुनी हावापानी छन्
जनता दुःख दिनलाई
स्वार्थ नमिले सरकार छोड्नेहरूजस्तै
कुर्सी नपाए सहमति तोड्नेहरूजस्तै
सत्ता टिकाउन असंवैधानिक कदम चाल्नेहरूजस्तै
माग पूरा गर्न सडकमा टायार बाल्नेहरूजस्तै
नेपाल बन्द गर्नेहरूजस्तै तिमीले
भरोसा बन्द नगर्नू
बरु यसैगरी,
साथीको भन्दा धेरैधेरै
सिर्जनाको प्रचार गर्नू
नागबेली भएर बग्ने निलो कञ्चन नदीजस्तो तिम्रो हार्दिकता
गन्तव्यमा पुर्याउने पहाडी गोरेटोजस्तै बनोस्
तिम्रो जिन्दगीको सान्दर्भिकता
सुकिलो मुस्कान
निर्दोष, निर्भय, प्रेमिल
चट्टानजतो चट्ट
हिउँजस्तो गोह्रो
अहो साथी !
तिमी त सगरमाथाको छोरो !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
-
स्याङ्जाका उत्कृष्ट कृषक सम्मानित
-
कासिमिरोको गोलसँगै ब्राजिल र जापान १–१ को बराबरीमा, खेल रोमाञ्चक मोडमा
-
१२ बजे १२ समाचार: कर्णालीका मन्त्रीको मनपरीदेखि विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण