भायोनेटको सर्भरमा छिरेर सूचना चोर्ने युवा पक्राउ
आइतबार, २६ पुस २०७७, १७ : २३
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायोनेटको सर्भरमा अनधिकृत पहुँच राखेर सूचना चोर्ने युवालाई प्रहरीले पक्रेको छ ।
सूचना चोरेको आरोपमा रुपन्देही घर भएका १८ बर्षिय युवा नरपिचास (नाम परिवर्तन) लाई पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता एसएसपी नबिन्द अर्यालले रातोपाटीलाई बताए ।
तिलोत्तमा नगरपालिका–१ का ति युवाले भायोनेटका ग्राहकको तथ्यांकमा छिरेर सूचना चोरी गरेका थिए । रुपन्देहीबाट पक्राउ गरिएका नरपिचासलाई प्रहरीले विद्युत्तिय कारोबार ऐन–०६३ अनुसार अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिरहेको छ ।
‘नरपिचास’ ले आफ्नो नाम परिवर्तन गरेर सामाजिक सञ्चाल फेसबुक, इन्स्टाग्राम र ट्विटरबाट भायोनेटका ग्राहकको व्यक्तिगत विवरण सार्वजनिक गरेपछि उनलाई पक्राउ गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण