भूगोलपार्कमा मूर्ति प्रतिस्थापन कार्य रोक्न सर्वोच्च अदालतको आदेश
काठमााडौं । सर्वोच्च अदालतले काठमाडौँको भूगोलपार्कमा नेपालमा रातो मत्स्येन्द्रनाथ ल्याउने राजा नरेन्द्र्र देव, तान्त्रिक बन्धुदत्त आचार्य र ललित ज्यापूको मूर्ति प्रतिस्थापन गर्ने निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश टङ्कबहादुर मोक्तानको एकल इजलासले शुक्रबार उक्त स्थापनमा मूर्ति निर्माणका लागि शिलान्यास गर्ने कार्य यही पुस २९ गतेसम्मका लागि अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अदालतले यही पुस २९ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग, कामपा वडा नं २२ को वडा कार्यालय र भूगोलपार्क सुधार समितिलाई विपक्षी बनाई अधिवक्ता पदमबहादुर श्रेष्ठले भूगोलपार्कमा मूर्ति प्रतिस्थापन गर्दा पाटन तःबहालकै अनुसार बनाउन आदेशको माग गर्दै रिट निवेदन दायर गरेका थिए ।
भूगोलपार्कमा २०७५ साल माघ १२ गतेको निर्णयअनुसार नेपालमा रातो मत्स्येन्द्रनाथ ल्याउने राजा नरेन्द्र्रदेव, तान्त्रिक बन्धुदत्त आचार्य र रथचक्र ललितज्यापूको मूर्ति स्थापना गर्न लागिएको तर पाटन तःबहालमा स्थापना भएको मूर्तिको ठीक विपरित मूर्ति बनाउन लागिएको रिट निवेदनमा उल्लेख थियो । रिट निवेदनमा तीन महापुरुषको मूर्ति पाटन तःबहालस्थित रातो मत्स्येन्द्रनाथको मन्दिर परिसरमा रहेको सर्वमान्य मूर्तिको स्वरूपमा नै निर्माण गरी भूगोलपार्कमा स्थापना गर्न परमादेशको आदेश माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ वटा संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना
-
किसानलाई दूध खरिद बापत ४१ करोड रुपैयाँ भुक्तानी
-
रुसी सेनाको सुस्त गति र बढ्दो क्षति
-
हुलाक सेवामार्फत घर घरमा सवारी चालक अनुमति पत्र र राहदानी वितरण सुरु
-
तस्बिरहरूमा हेर्नुहोस् सरकारले सार्वजनिक गरेको सयदिने उपलब्धि कार्यक्रम
-
सरकारका सय दिन : ६६६ जना बिचौलिया नियन्त्रण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण