‘फाइटर’मा ऋतिक र दीपिका
मुम्बई । अभिनेता ऋतिक रोशन फिल्म ‘फाइटर’मा देखिने भएका छन् । उनकै जन्मदिनको अवसर पारेर फिल्मको घोषणा गरिएको हो । फिल्ममा उनको अपोजिटमा अभिनेत्री दीपिका पादुकोण रहनेछिन् । फिल्मको निर्देशन सिदार्थ आनन्दले गर्न लागेका हुन् ।
फिल्म अगामि नयाँ बर्ष अर्थात २०२२ को ३० सेब्टेम्बरमा रिलिज हुनेछ । ऋतिकले फिल्मको जानकारी एक टिजर सामाजिक संजाल मार्फत सार्वजनिक गर्दै गराएका हुन् । फिल्म भारतीय सेनाको कुनै सिपाही आधारित हुने अनुमान ऋतिकले सार्वजनिक गरेको टिजरमा समेटेको न्यारेसनबाट अनुमान लगाउन सकिन्छ ।
‘फाइटर’ मार्फत ऋतिक र दीपिका पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् । यस बिषयमा ऋतिकले समेत आफ्नो पोष्टमा उल्लेख गरेका छन् । १० जनवरी अर्थात आज ऋतिकको जन्मदिन पनि हो । उनले आफन्तसँग जन्मदिन सेलिब्रेसन गर्दैछन् ।
गत डिसेम्बर १९ मा एक पार्टीका दीपिका र ऋतिक एकसाथ देखिएका थिए । सोही समयदेखि फ्यान यो जोडीलाई फिल्म देख्न चाहन्थे । फ्यानको त्यो चाहना फिल्म ‘फाइटर’ले पुर्याउने भएको छ ।
दीपिका ‘फाइटर’का अलवा अन्य केही प्रोजेट समेत देखिदैछन् । ति ‘वे ८३’, ‘पठान’, शकुन बत्राको एक फिल्म र प्रभासको साथ एक फिल्म रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन चिनियाँ राजदूतका चार प्रस्ताव
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
-
विकास बाहिरबाट आयात गर्ने विषय होइन, नेपालको आफ्नै मोडल चाहिन्छ : शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण