ऋतिकको जन्मदिनमा पूर्व श्रीमती सुजैनको विशेष मेसेज, सेयर गरिन् नयाँ तस्बिरहरु
ऋतिक रोशनले जनवरी १० मा आफ्नो जन्मदिन मनाएका छन् । यो मौकामा चारैतिरबाट उनलाई जन्मदिनका शुभकामना दिइए । ऋतिकको जन्मदिन थप विशेष बनाउनका लागि उनकी पूर्व श्रीमती सुजैन खानले पनि विशेष तस्बिर र भिडियो सेयर गरेकी छिन् । यसमा उनको आफ्ना दुई छोरासँग निकै विशेष सम्बन्ध रहेको देख्न सकिन्छ ।
यी तस्बिरमा ऋतिक रोशन आफ्ना छोरा ऋदान रोशन र रेहान रोशनसँग समुद्रको किनारामा साइक्लिङ गरिरहेको देखिएका छन् ।
सुजैनले यी तस्बिरलाई भिडियोको रुपमा सेयर गरेकी छिन् । तस्बिर देखेर अन्दाज लगाउन सकिन्छ कि उनको यी भेकेशनको तस्बिर हुन् ।
सुजैनले ऋतिकको जन्मदिनको शुभकामना दिँदै लेखिन्, ‘ह्यापियस्ट बर्थडे Rye... तिम्रो जीवनमा आउने भोलिका दिन सबैभन्दा सुन्दर होस् भन्ने कामना गर्छु... सन् २०२१ को सार्थक शुभकामना ।’
हुनत ऋतिक आफ्नो व्यावसायिक जीवनबाहेक नीजि जीवनलाई पनि धेरै समय दिन्छन् । सुजैनसँग सम्बन्धविच्छेद भएपछि पनि उनीहरुको दोस्ती निकै राम्रो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण