दायाहाङ राई म्युजिक भिडियोमा व्यस्त
सोमबार, २७ पुस २०७७, १२ : २९
काठमाडौं । फिल्मको काम नभएर होला सायद यतिबेला फिल्मी कलाकार म्युजिक भिडियोमा धेरै देखिन थालेका छन् । सधै फिल्मको काममा व्यस्त रहने अभिनेता दायाहाङ राईको समेत धमाधम म्युजिक भिडियो सार्वजनिक भइरहेको छ ।
यस्तैमा दयाहाङकै अभिनय रहेको नयाँ गीत ‘सोल्टिनी’को भिडियो सार्वजनिक भएको छ । भिडियोमा दयाहाङलाई अभिनयमा रेविका गुरुङले साथ दिएकी छन् ।
गायक पूर्ण लिम्बु र मेलिना राईको स्वर रहेको गीतमा प्रेम कृष्ण बजगाईंको शब्द तथा संगीत छ । शिला बहादुर मोक्तानको संगीत संयोजन गीतमा छ ।
भिडियो मिलन चाम्सले निर्देशन गरेका हुन् । सुदिप बरालको छायाँकन, कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोलाइ सन्तोष शाहले सम्पादन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटअघि सुदूरकाे सत्ता गठबन्धनमा किचलो, मन्त्रिपरिषद् बैठक सुरु
-
चियामा भारतको नीतिगत अवरोध, सिजनको मुखमै उद्योगमा ताला
-
प्रधानमन्त्री बालेन भन्दा एक कदम अगाडि मन्त्री स्वर्णिम र सुनिल !
-
राष्ट्रिय सभाका ६ सदस्यले गरेनन् कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक
-
टेम्पो भिरबाट खसालेको विषयमा छानबिन समिति गठन
-
रविलाई कानुनी राहत : अदालतले दियाे सङ्गठित अपराध सम्बन्धी मुद्दा फिर्ताकाे अनुमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण