चिकित्सा शिक्षा आयोगले तोक्यो पिजी अध्ययनका लागि शुल्क
काठमाडौं—चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर (पिजी) तहको शुल्क तोकेको छ । आयोगका अनुसार एमडी एमएस क्लिनिकल र एमडीएस क्लिनिकल अध्ययनका लागि २२ लाख ९९ हजार शुल्क लाग्छ ।
एमडी आयुर्वेद अध्ययनका लागि ९ लाख २४ हजार ३ सय ६५,एमपीएचका लागि पनि ८ लाख ८८ हजार २ सय ५०, एमएन/एमएस्सी नर्सिङ अध्ययनका लागि भने ८ लाख ८८ हजार २ सय ५०, र एमफर्मामा अध्ययनका लागि ५ लाख १ हजार ६ सय रुपैयाँ निधारण गरेको छ । चिकित्सा शिक्षा आयोगले एमएस्सी एमएलटी, एमएस्सी एमआईटी, एमएस्सी मेडिकल माइक्रोबायोलोजीर/बायोकेमेस्ट्री र एमएस्सी बेसिक साइन्स अध्ययनका लागि ७ लाख ३१ हजार ५ सय रुपैयाँ शुल्क निधारण गरेको छ । रएमफिल क्लिनिकल साइकोलोजीका लागि भने २ लाख ९३ हजार ६ सय ४५ रुपैयाँ चिकित्सा शिक्षा आयोगले तोकेको छ ।
पिजी अध्ययनका लागि आयोगले १८,१९ र २० गते परीक्षा लिएर नतिजा प्रकाशित समेत गरिसकेको छ। आयोगका अनुसार छात्रवृत्ति बाहेकका सिटमा विश्ववद्यालय, प्रतिष्ठान तथा कलेजले यही शुल्क अनुसार विद्यार्थीसँग शुल्क लिनु पर्ने हुन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
-
जडीबुटी भेलापछि विष्णु र शङ्कर उत्साहित, ओली बने आक्रोशित
-
नयाँ पार्टी निर्माण अघि धवलशमशेर राणा र दुर्गा प्रसाईंले बनाए २४ वटा समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण