मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

संसद विघटन असंवैधानिक, निर्वाचन संवैधानिकः उपसभापति निधि

मङ्गलबार, २८ पुस २०७७, १३ : ४०
मङ्गलबार, २८ पुस २०७७

जनकपुर । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संसद विघटन पछि जनतासँग दुई विकल्प बाँकी रहेको बताएका छन् । मंगलबार जनकपुरधाममा नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका निधिले प्रतिनिधिसभा प्राप्तीका लागि पुनःस्थापना वा निर्वाचन बाहेक विकल्प नरहेको स्पष्ट पारेका हुन् ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणााली सहितको व्यवस्था र संविधानको रक्षाका लागि प्रतिनिधिसभा आवश्यक रहेकाले सर्वोच्च अदालतको फैसला मान्नुपर्ने अवस्था नै उपयुक्त हुने बताए । उपसभापति निधिले भने- ‘देश, जनता, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र संविधानका लागि प्रतिनिधिसभा प्राप्त गर्नु नै अपरिहार्य छ ।’ उनले अघि थप्दै भने– ‘सर्वोच्च अदालतद्वारा संसद पुनःस्थापना र निर्वाचनद्वारा प्रतिनिधिसभाको स्थापना बाहेक अन्य कुनै विकल्प छैन । यी दुवै विकल्प संवैधानिक हुन् । अहिलेको परिस्थितिमा दुबै विकल्पका लागि जनता र राजनीतिक दलहरु तयार छन् ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर जनताको जनादेश एवम् मतको अपमान गरेको उनले बताए । उनले काँग्रेसको एजेण्डा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र यसको सुरक्षा नै रहेको दावी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप