संसद विघटन असंवैधानिक, निर्वाचन संवैधानिकः उपसभापति निधि
जनकपुर । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संसद विघटन पछि जनतासँग दुई विकल्प बाँकी रहेको बताएका छन् । मंगलबार जनकपुरधाममा नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका निधिले प्रतिनिधिसभा प्राप्तीका लागि पुनःस्थापना वा निर्वाचन बाहेक विकल्प नरहेको स्पष्ट पारेका हुन् ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणााली सहितको व्यवस्था र संविधानको रक्षाका लागि प्रतिनिधिसभा आवश्यक रहेकाले सर्वोच्च अदालतको फैसला मान्नुपर्ने अवस्था नै उपयुक्त हुने बताए । उपसभापति निधिले भने- ‘देश, जनता, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र संविधानका लागि प्रतिनिधिसभा प्राप्त गर्नु नै अपरिहार्य छ ।’ उनले अघि थप्दै भने– ‘सर्वोच्च अदालतद्वारा संसद पुनःस्थापना र निर्वाचनद्वारा प्रतिनिधिसभाको स्थापना बाहेक अन्य कुनै विकल्प छैन । यी दुवै विकल्प संवैधानिक हुन् । अहिलेको परिस्थितिमा दुबै विकल्पका लागि जनता र राजनीतिक दलहरु तयार छन् ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर जनताको जनादेश एवम् मतको अपमान गरेको उनले बताए । उनले काँग्रेसको एजेण्डा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र यसको सुरक्षा नै रहेको दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
-
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण