लुम्बिनी प्रदेश प्रहरीको जातीय छुवाछुत तथा बालविवाह रोकथाम अभियान शुरु
पछिल्लो समय लुम्बिनी प्रदेशमा प्रहरीले अपराध रोक्नको लागि विभिन्न अभियान संचालन गरेको छ । प्रहरीले साना ठुला सवै अपराधहरु रोक्नको लागि फरक फरक शैलीमा अभियान चलाएको छ । यस्तैमा जातीय छुवाछुत तथा बालविवाह रोकथामका लागि लुम्बिनी प्रदेश प्रहरीले ३ महिने अभियान शुरु गरेको छ ।
जातीय छुवाछुत तथा विभेदको अन्त्य गदै समाजमा हुने वालविवाहको न्यूनीकरण गर्न अभियान शुरु गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक राज कुमार वैदवारले बताए ।
अभियान अन्तर्गत समुदायमा हुने जातीय छुवाछुत तथा बालविवाह जस्ता अपराध नियन्त्रण गर्न सचेतनामूलक कार्यक्रम तथा अन्तरक्रिया,छलफल,पर्चा र पम्पलेट वितरण कानुनी प्रावधानबारे जानकारी तथा विद्यालयस्तरमा समेत प्रशिक्षण प्रदान गरिने भएको छ ।
समाजमा हुने जातीय छुवाछुत तथा वालविवाह जस्ता अपराधको रोकथाम तथा नियन्त्रण कार्यमा सहयोग पुर्याई जातीय विभेद तथा बालविवाह मुक्त समाजको सिर्जनामा टेवा पुराउनु नै रहेको प्रहरी वरिष्ठ उपरीक्षक वैदवारले बताए ।
आइतवारदेखि शुरु गरिएको अभियान २०७७ चैत्र २६ गतेसम्म लुम्विनी प्रदेशस्तरका १२ जिल्लामा र ५३ वटा इलाका प्रहरी कार्यालय गरी ६५ प्रहरी कार्यालयबाट संञ्चालन गरिने भएको छ ।
अभियान अवधिभरमा ३ सय ९० वटा कार्यक्रमहरु संचालन गरिने भएको छ । लुम्विनी प्रदेश प्रहरीले संचालन गरेको यस अभियानलाई उपलब्धिमुलक सफलता पूर्ण बनाउन हरेक क्षेत्रवाट सहयोग पुराउन प्रहरीले सबैमा आह्वान समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण